यी हुन् केटीहरुले गर्नै नहुने गल्ती !

यी हुन् केटीहरुले गर्नै नहुने गल्ती !


कतिपय महिलाले आफ्नो शरीरको अनावश्यक रौं हटाउन रेजर वा शेभिङ क्रिम लगाउ“छन् । यो पुरुषले प्रयोग गर्नका लागि बनाइएको हो । कति महिला पुरुषको परफ्युममा लोभिन्छन् । पुरुषले प्रयोग गर्ने यस्ता गु्रमिङ प्रोडक्ट महिलाको लागि हानिकारक हुनसक्छ ।

छाला विशेषज्ञका अनुसार पुरुष र महिलाको छालामा एकै किसिमको हुदैन । पुरुषको छाला महिलाको तुलनामा निकै बाक्लो र दह्रो हुन्छ । त्यसैले पुरुषका लागि जुन ब्युटी प्रोडक्ट बनाइएको हुन्छ, त्यसमा स्ट्रोङ पावर सामग्री प्रयोग गरिएको हुन्छ । त्यही कारण महिलाले त्यस्ता सामग्री प्रयोग गर्दा हानी हुन्छ । खासगरी यी तीन सामग्री महिलाले प्रयोग गर्नै हुन्न ।

फेस स्क्रब लोशन

पुरुषले प्रयोग गर्ने फेस स्क्रब लोशन महिलाको फेस स्क्रब लोशनको तुलनामा धेरै कडा हुन्छ । जब महिलाले आफ्नो कोमल एवं नरम छालामा यसको प्रयोग गर्छन्, एलर्जी वा जलन हुनसक्छ । यदि प्रयोग गर्नै नै हो भने, अनुहारमा होइन । बरु, शरीरका अन्य भागमा प्रयोग गर्दा उस्तो असर हु“दैन ।

आफ्टर शेभ लोशन

कति महिलालाई पुरुषका लागि तयार गरिएको आफ्टर शेभ लोशन मन पर्छ । खासगरी त्यसमो वास्ना उनीहरुले मन पराउ“छन् । त्यसैले महिलाले पनि आफ्टर शेभ लोशन प्रयोग गर्छन् । तर, यसले महिलाको छालामा असर गर्छ । किनभने यसमा अल्कोहलको मात्रा धेरै हुन्छ ।

शेभिङ रेजर

कति युवतीले काखीको रौं हटाउनका लागि शेभिङ रेजर प्रयोग गर्छन्, जो पुरुषको दाह्री जुंगा काट्न बनाइएको हो । तर, यस्तो रेजर प्रयोग गर्दा छाला रुखो हुन्छ ।

Logo