काठमाडौं ,२८,पुस
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकपछि मात्रै महासमिति बैठक बोलाइने बताएका छन् । "/>

केन्द्रीय समिति पछि मात्रै कांग्रेस महासमिति बैठक -शर्मा

केन्द्रीय समिति पछि मात्रै कांग्रेस महासमिति बैठक -शर्मा


काठमाडौं ,२८,पुस
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकपछि मात्रै महासमिति बैठक बोलाइने बताएका छन् । प्रवक्ताको जिम्मेवारी पाए लगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँगको भेटघाटमा उनले केन्द्रीय समिति बैठक मार्फत महासमिति डाकिने बताएका हुन् । बैठकमा निर्वाचनपछिको अवस्था विषयमा गम्भीर छलफल हुने जानकारी समेत उनले दिए । ‘निर्वाचन पछिको अवस्था विषयमा पार्टी भित्र छलफल हुने स्वभाविक प्रक्रिया हो,’ शर्माले भने ,‘अब छिट्टै केन्द्रीय समिति बैठक डाकिन्छ, त्यस मार्फत नै महासमिति समेत डाकिन्छ ।’

केन्द्रीय समितिबाट विगतका कमीकमजोरी समीक्षा र पार्टीको पुनर्निर्माण अभियान तय हुने समेत उनले प्रस्ट पारे । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त परिणामपछि पार्टी नेताबाट आएका अभिव्यक्ति स्वभाविक भएको भन्दै प्रवक्ता शर्माले आवेगबाट नभई विवेकबाट निर्णय लिइनु पर्नेमा जोड दिए । शर्माले ‘पार्टी सभापति नै प्रधानमन्त्री समेत रहेकाले नयाँ सरकारका लागि व्यवहारिक जटिलता फुकाउन पार्टी नेतृत्व अग्रसर हुँदा ढिला भएको’ स्वीकारे । ‘सरकार सामु प्रदेश राजधानी तोक्ने, प्रदेश प्रमुख नियुक्ति, राष्ट्रिय सभा निर्वाचन जस्ता महत्वपूर्ण जिम्मेवारी रहेका कारण केही ढिला भएको’ उनको भनार्इ थियो ।
राजधानीबाट

Logo