सुधार्नैपर्ने यी पाँच आनीबानी जसले महिलाहरु तपाईबाट टाढा भाग्छन् !

सुधार्नैपर्ने यी पाँच आनीबानी जसले महिलाहरु तपाईबाट टाढा भाग्छन् !


तपाई चाँडै कुनै पहिलालाई प्रपोज गर्ने सोचमा हुनुहुन्छ ? चाँडै नै उसको मन जित्न चाहानुहुनछ ? यदि यस्तो हो भने तपाईले यी पाँच कुरामा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ । कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ ।

१. आफ्नै तारिफ गर्ने पुरुषः

महिला यस्ता पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्छन् ।

२. फ्लर्ट गर्ने पुरुषः

पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।

३. सधैं प्रश्न गर्ने पुरुषः

पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै पोजेसिव भएको हामीले देखेका छौं । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई मनपर्दैैन ।

४. पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुषः

धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईष्र्या नै गरेका हुन्छन् । यस्ता पुरुषले सधैं यो हेर्नुपर्छ कि उनको सामाजिक जीवनमा को छन् र को छैनन् । यदि तपाईंको पनि यस्तै बानी छ भने आफ्नो बानी सुधार्नुहोस् ।

५. केयर नगर्ने पुरुषः

महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।

Logo