पैसा असुल्ने इन्सपेक्टर र जवानविरुद्ध मुद्दा दर्ता

पैसा असुल्ने इन्सपेक्टर र जवानविरुद्ध मुद्दा दर्ता


काठमाडाैं, ४ पुस ।

गेष्टहाउस सञ्चालनका लागि पैसा असुल्दै गर्दा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी निरीक्षक(इन्सपेक्टर) सहित एक जावनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

आयोगले इन्सपेक्टर हरिहर सुनुवार तथा जावन वीरेन्द्र बमविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरूले आफ्नो कार्य क्षेत्रमा गेष्टहाउस सञ्चालका लागि डर त्रास देखाई पैसा असुली गरिहेको विशेष सूचनाको आधारमा आयोगले पक्राउ गरेको हाे ।

गोंगबु क्षेत्रका गेष्ट हाउसलाई रेट नै तोकेर उनीहरूले महिनावारी असुल्न थालेका थिए । पीडित बनेका होटल व्यवसायीहरुले इन्सपेक्टर सुनुवारलाई पैसा लिन बोलाई अख्तियारमा खबर गरी पक्राउ गराएका थिए ।

आायोगले अनुसन्धानको क्रममा दुवै जनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको जनाएको छ । उनीहरुलाई बिगो स्वरुप पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुने गरी मुद्दा दर्ता गरिएको छ ।

 

Logo