गर्लफ्रेन्डलाई टावेलमा सडकमा निकाले, निर्वस्त्र बनाएर भिडियो खिँचे

गर्लफ्रेन्डलाई टावेलमा सडकमा निकाले, निर्वस्त्र बनाएर भिडियो खिँचे


न्युयोर्कको घटना हो । त्यहाँ एक युवतीले अनौठो घटनामा उजुरी दिइन् । युवतीको उजुरी थियो, आफूलाई ब्वाइफ्रेन्डले सडकमा निकाले । टावेल मात्र बेरेर उनी सडकमा निस्किइन् । त्यसपछि नग्न पारियो । यसरी नग्न सडकमा हिँड्न लगाएर उनको भिडियो खिँचियो । यसो गर्नुको पछाडि ब्वाइफ्रेन्डले उनीप्रति शंका गरेका थिए । अर्कोसँग लसपस भएको आशंकामा ती युवाले गर्लफ्रेन्डमाथि यस्तो ज्यादती गरेका थिए ।

आफूलाई यसरी नग्न बनाउन बाध्य बनाएको भन्दै युवतीले उजुरी दर्ता गरेकी थिइन् । न्युयोर्क अदालतले जेसन मेलो नामक ती आरोपितलाई अपराधी ठहराएको छ ।

आफ्नी गर्लफ्रेन्ड अरुसँग सल्किएको आशंकामा उनले कुटपिट गरेका थिए । त्यसपछि नग्न सडकमा उतारेका थिए । सडकमा उत्रिएकी गर्लफ्रेन्डको टावेल पनि उनले तानिदिए । नग्न भएकी गर्लफ्रेन्डको भिडियो खिँचिरहे । पछि उनले उक्त भिडियो आफ्ना साथीहरूलाई पठाएका थिए ।

यसैबीच गर्लफ्रेन्डले बच्चा जन्माइन् । त्यो बच्चा पनि आफ्नो नभएको ब्वाइफ्रेन्डको भनाइ थियो । (एजेन्सीको सहयोगमा)

 

Logo