काठमाडौं,१,पुस
काठमाडौं उपत्यकामा सडक सुधार आयोजनाले अगाडि बढाएका सबै सडकमा अवरोधलाई हटाएर मात्रै सडक पिच गर्नु पर्ने भएको छ। "/>

विभिन्न प्रकारका अवरोधले राजधानीका सडक विस्तार रोकिए

विभिन्न प्रकारका अवरोधले राजधानीका सडक विस्तार रोकिए


काठमाडौं,१,पुस
काठमाडौं उपत्यकामा सडक सुधार आयोजनाले अगाडि बढाएका सबै सडकमा अवरोधलाई हटाएर मात्रै सडक पिच गर्नु पर्ने भएको छ। आयोजनाले अगाडि बढाएका आधा दर्जन भन्दा बढी सडकमा भएको अवरोध वर्षौं सम्म पनि हटाउन नसक्दा सडक विभागले यथास्थितिमै सडक पिच गर्ने प्रस्ताव गरेको थियो।

सडक विस्तार गरेर तोकिएको २२ मिटर बनाएर मात्रै कालोपत्रे गर्नु पर्ने र त्यसभन्दा कम काम भएका ठाउँमा पिच गरेर ठेक्का सम्पन्न गर्न नपाइने आयोजनाका प्रवक्ता विश्व विजयलालले जानकारी दिए। उनले भने, ‘हामीले पूरै साइट क्लियर नभएका तर १८,२० मिटरको बाटो भएका स्थानका सडक पिच गर्ने प्रस्ताव गरेका थियौं, उक्त प्रस्तावलाई सरकारले स्वीकृति दिएन। अब साइट क्लियर भएका र कुनै अवरोध नभएका स्थानमा धूलो हटाउने गरी काम गर्ने बाहेकको कुनै प्रगति नहुने पनि उनको भनार्इ छ।

स्थानीयले सडकको मापदण्ड अनुसार २२ मिटरभित्र परेका घर भत्काउन नदिएको, संगठित विरोध गरेका र अदालतबाट पनि यस्तो मुद्दाको पूर्ण किनारा नलागेकाले पनि यथास्थितिमै पिच गर्ने योजनालाई सरकारले स्वीकृति नदिएको बुझाइ विजयलालको छ। हाल विभिन्न प्रकारको अवरोधले सडक विस्तार रोकिएका कलंकी नागढु‌गा, चाबहिल साँखु, जोरपाटी सुन्दरीजल, कर्मनाशा हरिसिद्धि गोदावरी, ढोलाहिटी सुनाकोठी चापागाउँ सहितका सडकमा साइट क्लियर भएका र पूर्ण रूपले तोकिएको मापदण्ड पुगेका सडक मात्रै पिच हुने र बाँकी खण्डको अवरोध हटाएर विस्तारपछि मात्रै पिच हुने पनि उनले बताए।
अन्नपूर्णबाट

Logo