स्याङजा, १८, मंसिर

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ । "/>

स्याङजामा उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण

स्याङजामा उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण


स्याङजा, १८, मंसिर

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ । भिरकोट नगरपालिका–८ ढापुक सिमल भञ्ज्याङको चुनावी सभाबाट फकिर्दै गर्दा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित गरी सुतली बम आक्रमण गरिएको हो। श्रेष्ठ स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । उनी चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षित गरी वम आक्रमण भएको थियो । घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपी प्रदीप श्रेष्ठले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट घटनास्थल वरिपरि गुटखा हाल्ने सानो टिनको टुक्राहरु फेला परेको प्रहरीले जनाएको छ। आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। यसैबीच प्रहरीले नेकपा एमालेको चुनावी प्रचार–प्रसारका लागि गएको महेन्द्र जीप र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
नागरिकबाट

Logo