रुकुम,१६,मंशिर

जिल्लाका २ मतदान केन्द्रमा शुक्रबार भएको पुनः मतदानमा आइतबारको तुलनामा कम मत खसेको छ । "/>

रुकुम(पश्चिम) का २ मतदान केन्द्रमा पुनः मतदान सम्पन्न

रुकुम(पश्चिम) का २ मतदान केन्द्रमा पुनः मतदान सम्पन्न


रुकुम,१६,मंशिर

जिल्लाका २ मतदान केन्द्रमा शुक्रबार भएको पुनः मतदानमा आइतबारको तुलनामा कम मत खसेको छ । बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभुत विद्यालय काँडा मतदान स्थलको (क) मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यका लागि भएको पुनः मतदानमा ५९.०७ प्रतिशत अर्थात् ३ सय ९७ मत खसेको छ । आइतबार भएको मतदानमा उक्त केन्द्रमा ६३.८३ प्रतिशत् अर्थात् ४ सय २९ मत खसेको थियो । यस मतदान केन्द्रमा ३२ मत कम खस्यो । यसलाई आइतबारको तुलनामा त्यति कम मत मान्न नहुने मतदान अधिकृत तेजप्रसाद पौडेलले बताए । मतदानका लागि गाउँ आएकाहरु कार्य क्षेत्र तर्फ फर्किएकाले आईतबारको तुलनामा केहि कम मत खसेको हुन सक्ने उनले बताए । आइतबार २ सय ४६ ओटा मत खसेका बेला मतपेटिकामा एसिड खसालिए पछि मतदान स्थगित भएको थियो ।

त्यस्तै आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतसैना मतदान स्थलको (ख) मतदान केन्द्रमा भने ५० प्रतिशत पनि मत खसेन । ७ सय ५६ मतदाता रहेको उक्त मतदान केन्द्रमा जम्मा ४२.४६ प्रतिशत अर्थात ३ सय २१ मत खसेको हो । आइतबार भएको मतदानमा उक्त मतदान केन्द्रमा ६५.३४ प्रतिशत अर्थात् ४ सय ९४ मत खसेको थियो । पुनः मतदानमा १ सय ७३ मत कम खसेको हो ।

नयाँपत्रिकाबाट

Logo