तुलसीपुर,१३, मंशिर
दाङको तुलसीपुरमा बम विस्फोट हुँदा इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका म्यादी प्रहरी विनोद चौधरी सहित नौ जना घाइते भएका छन् । "/>

बम विस्फोटको श्रृंखला दाङमा पनि

बम विस्फोटको श्रृंखला दाङमा पनि


तुलसीपुर,१३, मंशिर
दाङको तुलसीपुरमा बम विस्फोट हुँदा इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका म्यादी प्रहरी विनोद चौधरी सहित नौ जना घाइते भएका छन् । घाइते मध्ये चार जना गम्भीर छन् । गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। अन्य पाँच जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सुधीरराज शाहीले जानकारी दिए । विस्फोटबाट घाइते हुने दाङ तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु बस्ने २२ वर्षीया जेनि डिसी, बबई गाउँपालिका ६ पंचकुलेका वर्ष ३६ का नेपबहादुर खत्री, म्यादी प्रहरी उरहरीका २३ वर्षीय विनोद चौधरी, सल्यान बागचौर नगरपालिका २ थारमारे बस्ने ४० वर्षीया देवी डिसीको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ।
अन्नपूर्णबाट

Logo