महोत्तरी,१२, मंशिर
जिल्ला सुरक्षा समितिले महोत्तरीका सबै निर्वाचन क्षेत्रलाई अति संवेदनशीलको सूचीमा राखेको छ । सोमबार आयोजित जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका चारै निर्वाचन क्षेत्रका २ सय ५८ मतदानस्थलका ४ सय २६ मतदान केन्द्र अति संवेदनशील रहेको निर्णय गरेको हो । "/>

महोत्तरीका सबै निर्वाचन क्षेत्र अति संवेदशील

महोत्तरीका सबै निर्वाचन क्षेत्र अति संवेदशील


महोत्तरी,१२, मंशिर
जिल्ला सुरक्षा समितिले महोत्तरीका सबै निर्वाचन क्षेत्रलाई अति संवेदनशीलको सूचीमा राखेको छ । सोमबार आयोजित जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका चारै निर्वाचन क्षेत्रका २ सय ५८ मतदानस्थलका ४ सय २६ मतदान केन्द्र अति संवेदनशील रहेको निर्णय गरेको हो । पहिलो चरणमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अवस्था र महोत्तरीमा भइरहेको बम विस्फोटनको घटनालाई मध्यनजर गरी सबै क्षेत्रलाई अति संवेदनशीलको सूचीमा राखी सोही अनुरूप सुरक्षा व्यवस्था मिलाइने समितिको बैठकले निर्णय गरेको छ । महोत्तरीको करिब ३९ किलोमिटर सीमा भारतसँग जोडिएको छ । खुला सिमाना भएकाले भारतीय भूमिबाट हतियार तथा अपराधी भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमामा नेपाल र भारतका सुरक्षाकर्मीले दैनिकजसो संयुक्त गस्ती गर्ने, भारतबाट आउने तथा नेपाल भित्रै पनि शंका लागेका सवारीसाधन, व्यक्ति माथि सघन जाँच गरिने समितिले निर्णय गरेको छ ।
नयाँपत्रिकाबाट

Logo