काठमाडौँ, मंसिर, ९
केन्द्रविन्दु समाचारदाता
एशिया प्रसान्त चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीज (क्यासी) अध्यक्ष जामेल इनाइस्वालीले चन्द्रागिरी केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । "/>

एशिया प्रसान्तका चेम्बर अध्यक्ष चन्द्रागिरीको भ्रमणमा

एशिया प्रसान्तका चेम्बर अध्यक्ष चन्द्रागिरीको भ्रमणमा


काठमाडौँ, मंसिर, ९
केन्द्रविन्दु समाचारदाता
एशिया प्रसान्त चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीज (क्यासी) अध्यक्ष जामेल इनाइस्वालीले चन्द्रागिरी केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणमा आएका अध्यक्ष सहितको प्रतिनिधि मण्डललाई नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवं चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरीमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै अध्यक्ष जामेलले चन्द्रागिरीको विकासबाट आफु र आफ्नो छोरा अत्यन्तै प्रभावित बनेको उल्लेख गरे । चन्द्रागिरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको र पर्यटकीय गन्तब्यको भ्रमण गर्ने अवसर उपलब्ध गराएकोमा चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चन्द्रागिरी परिवार प्रति उनले धन्यवाद ब्यक्त गरे ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Logo