प्युठान , ९ मंसिर

जिल्लामा यसपटकको निर्वाचनमा एक जना तेस्रोलिंगी मतदाता छन् । हेर्दा महिला जस्तै पहिरन पनि महिलाकै तर बोली सुन्दा पुरुष । "/>

जिल्लाकै एक्लो तेस्रोलिंगी मतदाताको जागिर खाने धोको

जिल्लाकै एक्लो तेस्रोलिंगी मतदाताको जागिर खाने धोको


प्युठान , ९ मंसिर

जिल्लामा यसपटकको निर्वाचनमा एक जना तेस्रोलिंगी मतदाता छन् । हेर्दा महिला जस्तै पहिरन पनि महिलाकै तर बोली सुन्दा पुरुष । उनी हुन्, प्युठान नगरपालिका ३ स्थित विजयनगर रातामाटाकी हीराकुमारी कुमाल । उनको निर्वाचन क्षेत्र १ नम्बरमा पर्छ। उनले मुक्ति मावि रातमाटा मतदान केन्द्रबाट भोट दिंदैछिन्।

४९ वर्षीया कुमालले तेस्रो पटक मतदान गर्न लागेकी हुन् । उनले यस अघि दोस्रो संविधानसभा र स्थानीय तह निर्वाचनमा भोट हालेकी थिइन् । भोट दिएर नेतालाई जिताए पनि कसैले पनि आश्वासन पूरा नगरेको उनको गुनासो छ । ‘घरमा एक्लै बस्छुु, उनी भन्छिन्, ‘कसैको सहारा छैन । जीवन भर एक्लै बस्नु पर्ने होला । न जागिरका लागि योग्य छु न त भरपर्दो आम्दानी छ । कसरी जीवन चलाउने ? उनले स्थानीय तह निर्वाचनमा भोट माग्न आएका उम्मेदवारहरु सँग जागिरको माग गरेकी रहिछन्। ‘जितेपछि कार्यालय परिसरमा फूल लगाउने जागिर दिन्छु भन्नुहुन्थ्यो, उनी भन्छिन्, ‘तर कसैले हेर्नु भएन । कुनै संघसंस्था, कार्यालयमा काम गरेर कमाइ गर्ने उनको धोको छ। तर यो चुनावले उनको धोको पुरा होला वा नहोला यसै भन्न सकिने अवस्था भने छैन ।

 

Logo