थाहै नपाई गाँज्न सक्छ ‘डिप्रेसन’ रोगले, के छ उपचार ?

थाहै नपाई गाँज्न सक्छ ‘डिप्रेसन’ रोगले, के छ उपचार ?


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ७ मंसिर ।

अबको विश्वमा सबैभन्दा ठूलो समस्या बन्ने आंकलन गरिएको छ, डिप्रेसन रोग । मुटुपछि यो रोग विश्वकै दोस्रो ठूलो चुनौती बन्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । अरु थुप्रै अध्ययनको निष्कर्ष पनि यस्तै छ ।

डिप्रेसन भनेको एक किसिमको मानसिक समस्या हो । अर्थात्, चिन्ताको चरम रुप हो डिप्रेसन । यो अवस्थामा पुगिसकेपछि मानिस सामान्य जीवनमा फर्कन गाह्रो हुन्छ । यसले स्वयम रोगीको जीवनलाई मात्र असर गर्दैन, उसको परिवार, आफन्त, छिमेकीलाई समेत हानि पुर्याउँछ ।

मानिसको कुष्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्छ ।

डिप्रेसन अरु रोग जस्तै चाँडै थाहा पाउने वा औषधी गर्नासाथ निको हुने रोग पनि होइन । यो रोग लामो समयपछि मात्र हामीले थाहा पाउँछौ । यद्यपि सुरुआतमा केही लक्षणहरु देखिन्छन् । त्यही लक्षणको आधारमा हामी डिप्रेसनमा फँस्दैछौ भन्ने थाहा हुन्छ । त्यसैले यी लक्षण बुझेर समयमै समस्याको निदान खोज्नु राम्रो हो ।

लक्षणहरु :

– राम्ररी निद्रा लाग्दैन

– भोक कम वा एकदमै बढी लाग्छ ।

– नराम्रो कुरामा बढी ध्यान जान्छ ।

– अपराध गर्न मन लाग्छ ।

– जतिबेला पनि उदास भइन्छ

– आत्मविश्वासको एकदमै कमी हुन्छ ।

– सामान्य अवस्थामा पनि थकान महसुस हुन्छ ।

– एकाग्रतामा कमी हुन्छ ।

– आत्महत्या गर्ने सोच आउँछ ।

– कुनै पनि काममा रुचि लाग्दैन ।

के हो समाधान ?

डिप्रेसनबाट बच्ने राम्रो विधि भनेको यसबारे खुलेर कुराकानी गर्नु हो । आफ्नो नियमित जिन्दगीमा सानोतिनो सुधार ल्याएर व्यवस्थित गरौं ।

– रमाउने वाहाना खोजौं । आफन्त वा परिवारका सदस्यलाई यस्तो समस्या भए उनीहरुलाई परिवारमा घुलमिल गराउने, घुमाउने, रमाइलो गराउने गरौ ।

– उनीहरुको निगरानी राखौं ।

– उत्साहको कुरा गरौं । नयाँ नयाँ काममा व्यस्त बनाउने कोशिस गरौ ।

– मिठो मसिनो खानेकुरा दिनुपर्छ । यसले पनि मन खुसी बनाउन सकिन्त्छ ।

– राती एक्लै सुत्न नदिने । साथीभाइ वा परिवारका सदस्यसँग सुताउने । रमाइलो गराउने ।

– नकारात्मक कुरा नसुनाउने, नगराउने ।

– बेलाबखत सिनेमा हेर्न लगाउने । घरमै पनि सिनेमा हेराउने, उपन्यास पढाउने । संगीत सुनाउने ।

– यदि अवस्था जटिल भइसकेको छ भने चिकित्सकको परामर्श लिनुपर्छ ।

(चिकित्सकसँगको कुराकानीमा आधारित)

Logo