हुम्ला ,२, मंशिर
अस्थायी रूपमा जिल्ला बाहिर बसोवास गर्दै आएका स्थानीय मतदाता प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गाउँ फर्कन थालेका छन् । "/>

हुम्लामा चुनावका लागी जिल्ला फर्कदैं मतदाता

हुम्लामा चुनावका लागी जिल्ला फर्कदैं मतदाता


हुम्ला ,२, मंशिर
अस्थायी रूपमा जिल्ला बाहिर बसोवास गर्दै आएका स्थानीय मतदाता प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गाउँ फर्कन थालेका छन् । हुम्लाबाट रोजगारी तथा अध्ययन गर्न जिल्ला बाहिर गएका मतदाता मतदानकै लागि गाउँ फर्कने क्रम बढेको छ । रोजगारी र मजदुरी गर्न भारत लगायतका स्थानमा पुगेका ४० जना युवा मंगलबार नेपालगन्ज र सुर्खेतबाट गाडी रिजर्भ गरी मुगु हुँदै आएका छन् । काठमाडौं स्थित चाबहिलमा बसी अध्ययन गर्दै आएका चंखेली गाउँपालिका–५ का रामलाल तामाङले निर्वाचनमा मतदान गर्न घर फर्किएको बताए ।

निर्वाचन मिति नजिकिँदै गर्दा मतदान गर्नका लागि स्थानीय वासिन्दाहरू गाउँ फर्कने क्रम बढ्दै गएको स्थानीय प्रेमा लामाले बताए । एक भोटले पनि हारजितमा ठूलै प्रभाव पर्ने हुँदा यो समय महत्वपूर्ण रहेको लामाको भनाइ छ ।
नयाँपत्रिकाबाट

Logo