गोरखा , ३०, कात्तिक

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गरेका छन्। "/>

बाबुरामजीले धेरै पढ्नु भयो तर बुद्धि कहिल्यै आएन :प्रचण्ड

बाबुरामजीले धेरै पढ्नु भयो तर बुद्धि कहिल्यै आएन :प्रचण्ड


गोरखा , ३०, कात्तिक

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गरेका छन्। बुधबार दिउँसो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै गोरखाको भच्चेक पुगेका प्रचण्डले यस्तो अपील गरेका हुन्। ‘नयाँ शक्तिमा गएका धेरै साथी फर्किने क्रममा हुनुहुन्छ। देवेन्द्र पौडेलको नेतृत्वमा करिब करिब सबै माओवादी फर्किए भन्दा पनि हुन्छ’, प्रचण्डले भने । ‘ मलाई गोरखाली दिदीबहिनी दाजुदाइका अगाडि उभिएर बाबुरामजीको कुरा गर्दा बडो नमीठो लाग्छ। अति भावुक पनि भएर आउँछु । मैले २५ वर्ष देखि बाबुरामजीलाई बचाउँदै बचाउँदै, जोगाउँदै जोगाउँदै ल्याएको थिएँ। धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई।’
प्रचण्डले पछिल्लो चरणमा बाबुरामलाई जोगाउन नसकेको समेत बताए । ‘कम्युनिष्ट आन्दोलन छोडेर जानु भयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो। मलाई अहिले पनि उहाँको माया लाग्छ’, प्रचण्डले भने, ‘म यो मञ्चबाट भन्छु, खुरुक्क माओवादीमा फर्किनुस्, तपाईंको भलो त्यसैमा छ। दायाँबायाँ गर्नु भयो भने घर न घाटको बन्नुहुन्छ।’ बाबुराम लाई ज्ञान भएको तर, बुद्धि नभएको नेताको संज्ञा दिँदै प्रचण्डले भने, ‘तपाईंले पढ्नु चाँहि भयो, ज्ञान हासिल गर्नु भयो। तर कहाँ प्रयोग गर्ने बुद्धि भएन। ज्ञान भएको, बुद्धि नभएको मान्छे बन्नुभयो।’
अन्नपूर्णबाट

Logo