हेटौंडा,२९, कात्तिक
मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनामा खुकरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । स्थानीय सुमन बराइलीले मंगलबार साँझ साढे ५ बजे अन्धाधुन्द खुकुरी प्रहार गर्दा बिजौनाका ५२ बर्षीय सिताराम धिताल, धितालका १६ बर्षीय छोरा सुदन र अर्का स्थानीय ६५ वर्षीय जितबहादुर ब्लोनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए । "/>

अन्धाधुन्द खुकुरी प्रहारबाट मकवानपुरमा तीन जनाको मृत्यु

अन्धाधुन्द खुकुरी प्रहारबाट मकवानपुरमा तीन जनाको मृत्यु


हेटौंडा,२९, कात्तिक
मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनामा खुकरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । स्थानीय सुमन बराइलीले मंगलबार साँझ साढे ५ बजे अन्धाधुन्द खुकुरी प्रहार गर्दा बिजौनाका ५२ बर्षीय सिताराम धिताल, धितालका १६ बर्षीय छोरा सुदन र अर्का स्थानीय ६५ वर्षीय जितबहादुर ब्लोनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

सितारामको प्राथमिक स्वास्थ्यचौकी मनहरी र सुदन र जितबहादुरको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक सितारामका दुई छोरा मध्ये उनीसँगै जेठा छोरा सुदनको हत्या भएको हो। मकवानपुरको हर्नामाडीका जितबहादुर बिजौना स्थित छोरी ज्वाइँको घरमा बस्दै आएका थिए । उनी ज्याला मजदुरी गथ्र्ये। प्रहरीले खुकुरी प्रहार गर्ने बराइलीलाई नियन्त्रणमा लिएको छ। घरासयी झगडापछि खुकुरी लिएर घरबाट निस्किएका ३१ वर्षीय बराइलीले घर नजिकै रहेका छिमेकी माथि एक्कासी खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन्। घटनापछि बिजौना गाउँ शोकमा डुबेको मनहरी ७ का अध्यक्ष ठाकुर तितुङले बताए । ‘खुकुरी प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ’, उनले भने, ‘घटनाको छानबिन गरी छिट्टै नै सत्यतथ्य सार्वजनिक गर्न हामी प्रहरीलाई सहयोग गरिरहेका छौं।’
अन्नपूर्णबाट

Logo