काभ्रे,२६,कात्तिक
आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूले काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । "/>

काभ्रेका उम्मेदवारको साझा एजेन्डा, काभ्रे नै प्रदेश नं. ३ को राजधानी

काभ्रेका उम्मेदवारको साझा एजेन्डा, काभ्रे नै प्रदेश नं. ३ को राजधानी


काभ्रे,२६,कात्तिक
आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूले काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।प्रतिनिधिसभा तर्फ काभ्रे–२ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका गोकुल बाँस्कोटाले साँघुरा सडक हुनुका साथै पुरातात्विक सम्पदा जोगाउन पनि गाह्रो परिरहेकाले काठमाडौं उपत्यका प्रदेश राजधानीका लागि उपयुक्त नभएको तर्क गर्दै काभ्रेलाई प्रदेशको राजधानी बनाउन आवश्यक पहल गर्ने बताए । पाँचखाल, पनौती, खोपासी लगायत स्थान कृषिको प्रचुर सम्भावना भएको बताउँदै बाँस्कोटाले भने, ‘ती ठाउँको कृषिमा आधुनिकीकरण गर्दै सबै ठाउँमा सिँचाइ सुविधा पु¥याउनेछु ।’ कार्यक्रममा उम्मेदवार बाँस्कोटाले सुनकोसीको पानी लिफ्ट गरी सुक्खा स्थानहरूमा सिँचाइ सुविधा पु¥याउनुका साथै जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको औंल्याए ।

नेपाली कांग्रेसका उम्मेदवारहरूले समेत काभ्रेलाई प्रदेशको राजधानी बनाउने एजेन्डालाई प्राथमिकतामा राख्ने उल्लेख गरेका छन् । प्रतिनिधिसभातर्फ काभ्रे–२ का उम्मेदवार एवं नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने एजेन्डालाई प्राथमिकतामा राखेको बताए । उनले यसअघि कांग्रेसले काभ्रेलाई राजधानी बनाउन प्रस्ताव गरिसकेको समेत जानकारी गराए । कांग्रेसबाट क्षेत्र नम्बर २ ‘ख’का प्रदेश सभा उम्मेदवार कञ्चनचन्द्र वादेले जिल्लालाई प्रदेशको राजधानी बनाउन आफूहरूले भूमिका खेल्ने बताए । आफू सांसद रहेको समयमा काभ्रेलाई राजधानी बनाउने विषयलाई प्राथमिकता दिएको उनको भनाइ थियो । काभ्रे–१ का कांग्रेस उम्मेदवार तीर्थ लामाले पनि काभ्रेलाई प्रदेशको राजधानी बनाउनेमा जोड दिए । कांग्रेसबाटै प्रदेशसभामा उम्मेदवार बनेका गणेश लामा, सीबी लामा र सुन्दरमणि आचार्यले प्रदेशको राजधानी महत्वपूर्ण मुद्दा रहेको बताए ।
राजधानीबाट

Logo