काठमाडौं,१६, कात्तिक
आज बिहीबार हुने उम्मेदवार मनोनयन दर्ताको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताइएको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुन लागेको हो । "/>

निर्वाचनको सुरक्षा व्यवस्था प्रति आयोग सन्तुष्ट

निर्वाचनको सुरक्षा व्यवस्था प्रति आयोग सन्तुष्ट


काठमाडौं,१६, कात्तिक
आज बिहीबार हुने उम्मेदवार मनोनयन दर्ताको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताइएको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुन लागेको हो । त्यसका लागि सुरक्षा तयारी अन्तिम चरणमा पुगेको पनि निर्वाचन आयोगमा बसेको बैठकमा जानकारी गराइयो। बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी निर्वाचनका लागि तयार गरिएको सुरक्षा योजना र त्यसको कार्यान्वयनको तयारी प्रति सन्तोष व्यक्त गरेका छन् । दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका १ सय २८ सदस्य र प्रदेशसभातर्फ २ सय ५६ सदस्यको निर्वाचनका लागि बिहीबार उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । उनले समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्णरूपमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिए ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनका लागि तयार गरिएको सुरक्षा योजनालाई त्रुटिरहित ढंगबाट कार्यान्वयन गर्न चारवटै सुरक्षा निकायलाई उच्चस्तरको समन्वय र सम्पर्कमा रही काम गर्न निर्देशन दिए । उनले जिल्ला तहमा मतदान कार्यमा खटिने कर्मचारीहरूको खटनपटनमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकारी र प्रमुख जिल्ला अधिकारी बीचमा सहयोग र समझदारी कायम गरी कार्य सञ्चालन गर्न आयोगले निर्देशन दिइसकेको उल्लेख गरेका थिए।
नेपाल समाचारपत्रबाट

Logo