काठमाडौं, १४, कात्तिक
कृषि सामग्री कम्पनीले हालै भित्र्याएको युरिया मलको बोरामा औसत पाँच किलो कम मल भेटिएको छ । कम्पनीका उच्च अधिकारीको मिलेमतोमा प्रतिबोरा तीन किलो देखि १० किलो सम्म कम परिमाणमा प्याकिङ गरिएको मल किसानलाई बिक्री गर्न लागिएको रहस्य खुलेको छ । "/>

युरिया मलमा करोडौं घोटाला !

युरिया मलमा करोडौं घोटाला !


काठमाडौं, १४, कात्तिक
कृषि सामग्री कम्पनीले हालै भित्र्याएको युरिया मलको बोरामा औसत पाँच किलो कम मल भेटिएको छ । कम्पनीका उच्च अधिकारीको मिलेमतोमा प्रतिबोरा तीन किलो देखि १० किलो सम्म कम परिमाणमा प्याकिङ गरिएको मल किसानलाई बिक्री गर्न लागिएको रहस्य खुलेको छ । कम्पनीले ५० किलोको मूल्य लिएर किसानलाई ४० देखि ४७ किलो तौल भएका युरिया मलका बोरा बिक्री गर्न लागेको तथ्य बाहिर आएको छ । आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट ‘गभर्मेन्ट टू गभर्मेन्ट’ सुविधा अन्तर्गत भित्र्याइएको मलको बोरामा कम परिमाणमा मल भेटिएको हो । कम्पनीले डेढ साता अघि मात्रै भित्र्याएको २० हजार मेट्रिक टन मध्ये विराटनगरस्थित क्षेत्रीय कार्यालयमा आइपुगेको ५० हजार बोरा (दुई हजार पाँच सय मेट्रिक टन) कम परिमाणमा भेटिएको हो । स्रोतका अनुसार गोदाममा आइपुगेका ती सबै बोरामा ३ किलो देखि १० किलो हाराहारीमा कम मल फेला परेको छ।
अन्नपूर्णपोष्टबाट

Logo