प्रमुख मालपोत अधिकृत विरुद्ध आरोपपत्र दायर

प्रमुख मालपोत अधिकृत विरुद्ध आरोपपत्र दायर


काठमाडौं, कात्तिक १२ । जग्गाको रजिष्ट्रेशन पास गरी दाखिला खारेज गर्ने प्रयोजनका लागि विभिन्न वहानामा सेवाग्राहीसाग घुस लिने गरेका मालपोत कार्यालय वाग्लुङका निमित्त कार्यालय प्रमुख विश्वनाथ शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार आरोप पत्र दायर गरेको छ ।

घुस मागिरहेको भन्ने सूचनाका आधारमा १० हजार घुस लिइसकेको अवस्थामा पक्राउ परेका शर्मालाई अख्तियारले कसुर पुष्टि भएको भन्दै १० हजार विगोसहित आरोप पत्र दायर गरेको हो । शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार जरिवाना र कैद सजाय मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जानाएको छ ।

Logo