युवतीद्वारा बक्षस्थल शल्यक्रियाका लागि चन्दा माग्दै

युवतीद्वारा बक्षस्थल शल्यक्रियाका लागि चन्दा माग्दै


लण्डन, १२ कार्तिक । यो घटना वेलायतको राजधानी लन्डनस्थित साउथ बैंकको हो । त्यहाँको व्यस्त सडकमा एक युवती प्ले कार्ड लिएर उभिएकी थिइन् । उनले बोकेको प्ले कार्डमा लेखिएको थियो, ‘मोडल: निड मनी फर बुब जव ।’ उनी मोडल थिइन् र बक्षस्थल शल्यक्रियाका लागि भन्दै चन्दा उठाइरहेकी थिइन् ।

यस्तो अनौठो माग राखेको देखेपछि आसपासका मानिसहरु आश्चर्य चकित नहुने कुरै भएन । कोहि उनलाई फर्कीफर्की हेर्न थाले, कोहि अघिल्तिर पैसा राख्न थाले, कोहि मजाक उडाउन थाले । यस्तो मोडल देखेपछि सेल्फी खिच्नेदेखि भिडियो रेकर्ड गर्नेसम्मको ताँती लाग्यो ।

यसैवीच एक यस्ता भलाद्मी देखापरे र प्रस्ताव राखे, ‘म तिमीलाई पैसा दिन्छु, त्यसवापत एक रात मसँग विताउनु पर्नेछ ।’ उनको प्रस्तावलाई मोडेलले स्विकार गरिनन् । अर्को महिला आइन् र व्रेस्ट सर्जरी गर्न नपर्ने प्रवचन दिन थालिन् ।

वास्तवमा यो मानिसको स्वभाव र प्रतिक्रिया जान्नका लागि एक ‘सामाजिक अभ्यास’ थियो । उक्त मोडलले प्राप्त गरेको पैसा ब्रेस्ट क्यान्सर रिसर्च च्यारिटी दिने वताइन् । एजेन्सी

Logo