काठमाडौँ, १२, कात्तिक
लामो दूरीमा गुड्ने यात्रुवाहक बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण देखिएको छ । यतिखेर देशभर दक्ष चालकको चर्को अभाव देखिएको छ भने लामो दूरीका बस दुर्घटना बढ्दो छ । "/>

देशभर ४० हजार दक्ष सवारी चालक आवश्यक

देशभर ४० हजार दक्ष सवारी चालक आवश्यक


काठमाडौँ, १२, कात्तिक
लामो दूरीमा गुड्ने यात्रुवाहक बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण देखिएको छ । यतिखेर देशभर दक्ष चालकको चर्को अभाव देखिएको छ भने लामो दूरीका बस दुर्घटना बढ्दो छ । लामो दूरीका बसमा १० वर्ष अघिसम्म दुई जना चालक राख्ने व्यवस्था गरिएको थियो । एउटा चालकलाई आठ घन्टाको दरले दुई जनाले १६ घन्टासम्म लामो दूरीका बस चलाउँथे । यो व्यवस्थामा कडाइ गर्दा लामो दूरीका बस दुर्घटनाको दर निकै तल झरेको थियो । पूर्वाञ्चलको हकमा हेटौंडामा अनिवार्य रूपमा अर्को चालक फेर्ने नीति कडाइसाथ कार्यान्वयनमा ल्याइएको थियो ।
तर अहिले एउटै चालकले गन्तव्य सम्म पुर्‍याउन बाध्य छन् । एकै जनाले १५ देखि २० घन्टा सम्म बस चलाउँदा दुघर्टनाको जोखिम बढ्दै गएको विज्ञहरूको ठहर छ । दुई जना चालक मिलेर गन्तव्य स्थानसम्म सवारीसाधनलाई सुरक्षित पुर्‍याउने व्यवस्था अहिले कार्यान्वयनमा छैन । दक्ष चालक अभाव हुनुमा दुई प्रकारका कारक तत्व भेटिएको छ । राजनीतिक अस्थिरताका कारण दक्ष चालक वैदेशिक रोजगारमा पलायन हुनु र नयाँ दक्ष चालक उत्पादन गर्ने कामतर्फ राज्यको ध्यान जान नसक्नु । ‘राज्यले दक्ष चालक उत्पादन गर्न चासो नदेखाउँदा शनिबार राजविराजबाट आएको बस दुर्घटनामा पर्‍यो । पाँच वर्षयता ठूला गाडीको चालक अनुमतिपत्र दिने काम पूर्णरूपमा ठप्प छ ।

चालकको अभावमा बाध्य भएर एउटै चालकको भरमा बस चलाउँदै गर्दा दुर्घटना वढी हुन्छ । ‘चालक पनि मानव नै हो, थकित भएर आँखा लाग्न सक्छ’, । यस्ता दुर्घटनामा यातायात व्यवसायीभन्दा सरकार बढी दोषी रहेको महासंघको आरोप छ । महासंघका अनुसार अहिले देशभरबाट करिब ६० हजार दक्ष चालक वैदेशिक रोजगारमा पलायन भएका छन् । तत्कालै ४० हजार हाराहारीमा लामो दूरीका सवारीसाधनमा दक्ष चालकको माग छ ।
अन्नपूर्णपोष्टबाट

Logo