काठमाडौँ, ९, कात्तिक

एनआईसी एसिया बैंकको स्विफट् एकाउन्ट ह्याक गरी गायब पारिएको रकम विभिन्न मुुलुकका ८ वटा ठूला बैंकहरुमा पुगेको नयाँ तथ्य सार्वजनिक भएको छ । "/>

‘ह्याक’ भएको रकम विभिन्न मुलुकका ८ वटा बैंकमा !

‘ह्याक’ भएको रकम विभिन्न मुलुकका ८ वटा बैंकमा !


काठमाडौँ, ९, कात्तिक

एनआईसी एसिया बैंकको स्विफट् एकाउन्ट ह्याक गरी गायब पारिएको रकम विभिन्न मुुलुकका ८ वटा ठूला बैंकहरुमा पुगेको नयाँ तथ्य सार्वजनिक भएको छ । स्रोतका अनुसार अन्तरदेशीय कारोबारका क्रममा स्विफ्ट एकाउन्ट ह्याक गरी उक्त रकम ती बैंकहरुमा पुगेको हो । झण्डै चार महिना अघि देखि रकम ह्याक हुने गरेको घटनालाई गोप्य राखेको एनआईसीले अहिले चौर्तर्फीरुपमा हल्ला भएपछि उक्त रकम क्रमिकरुपमा फिर्ता भइरहेको र कति रकम फिर्ता हुने क्रममा रहेको बताए पनि बैंकको उक्त भनाइ पूर्णरुपमा निराधार र हल्ला मात्र भएको दाबी स्रोतले गरेको छ । रकम ह्याक भएको घटना सार्वजनिक भएपछि बैंकप्रतिको आम सर्वसाधारणको विश्वास कम भएकाले उक्त विश्वासलाई कायम गर्न अर्थात भनौं गुमेको जनविश्वासलाई पुनः फिर्ता ल्याउनका लागि एनआईसी स्वयंले विभिन्न माध्यम मार्फत उक्त हल्ला भएको दाबी स्रोतले गरेको छ ।

राष्ट्रबैंक उच्च स्रोतका अनुसार तिहारमा एनआईसी एसिया बैंकबाट अन्तरदेशीय कारोबारका क्रममा ४० करोड रुपैयाँ भन्दा बढी रकम गायब पारिएको थियो । ह्याकरले विदेशका विभिन्न ६ मुलुकका आठ बैंकमा उक्त रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्विफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।
आर्थिक दैनिकबाट

Logo