काठमाडौँ, ९, कात्तिक
निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई हिजो निर्वाचन चिह्न प्रदान गरेको छ । "/>

७०२ जना उम्मेदवारलाई दिइयो निर्वाचन चिह्न

७०२ जना उम्मेदवारलाई दिइयो निर्वाचन चिह्न


काठमाडौँ, ९, कात्तिक
निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई हिजो निर्वाचन चिह्न प्रदान गरेको छ । एक सय जनाको उम्मेदवारी फिर्ता भएको र एक जनाको उम्मेदवारी रद्द भएको आगोगले जनाएको छ ।

५ कात्तिकमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । बुधबार सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको हो । निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारी अनुसार प्रदेशसभा तर्फ ४८१ र प्रतिनिधिसभा तर्फ ३२२ उम्मेदवारहरु मध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ ।
नयाँपत्रिकाबाट

Logo