पार्सल उपहार पठाउने भन्दैे करोडौ ठगी

पार्सल उपहार पठाउने भन्दैे करोडौ ठगी


एसके बैश्य
काठमाडौं, ३० असोज । विदेशवाट पार्सल पठाई दिन्छु भन्दै करोडौ ठगी गर्ने ३ जना युवाको एक गिरोहलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

गिरोहले फेसबुक मार्फत् बिदेशी नागरिकको नाममा प्रोफाईल पेज संचालन गरेर नेपालका विभिन्न व्यक्तिहरुलाई फ्रेन्ड रिक्वेष्ट पठाई साथी बनाउने गरेका थिए । साथी बनेहरुलाई विभिन्न बहुमुल्य सामग्री, पाउण्ड र अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भन्दै विभिन्न ब्यक्तिबाट करोडौ रकम ठगी गरेको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरिक्षक एसपी जीवनकुमार श्रेष्ठले बताए ।

गिरोहले पार्सल भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त पार्सल लिन भारत सरकारको नियम अनुसार विभिन्न कर तिर्नु पर्ने भन्दै मनिट्रान्सफर मार्फत रकम पठाउन लगाएका थिए । गिरोहका सदस्यहरुले सन्तोष बस्नेत, सिमा गुरुङ, सुनिमाया गुरुङ, भरत कार्की, हिमा माझी र टंकमाया कार्की लगायतका ब्यक्तिहरुको नागरिकताबाट विभिन्न मितिमा आईएमई. मार्फत रकम भुक्तानी लिई करोड भन्दा बढी ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

पार्सल गिरोह संचलन गर्नेहरु मध्ये कपन बालुवाखानी बस्ने ३६ बर्षिय पबन न्यौपाने, २५ बर्षिय सन्तोष बस्नेतलाई सीआईबीले गत शुक्रवार पक्राउ गरेको थियो । उनिहरुसंग थप अनुसन्धान र सोधपुछ गर्दा मुख्य योजनाकारमा मोरङ सुन्दर हरैचाका ४५ बर्षिय प्रदीप सुब्बा रहेको र उनलाई पनि आईतवार प्रहरीले पक्राउ गरेको छ ।

Logo