पर्यटनमन्त्री सवार हेलिकोप्टर खोज्न प्रहरी परिचालित

ताप्लेजुङ । पर्यटनमन्त्री रबीन्द्र अधिकारी सवार हेलिकोप्टर खोज्न सुरक्षाकर्मी परिचालित गरिएको छ । एयर डाइनेष्टीको हेलिकप्टर खोजी गर्न सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएको छ । मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकोप्टरमा दुर्घटनाबारे यकिन विवरण आउन सकेको छैन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ गईरहेको बताए । घटनास्थल पुग्न झण्डै ३ घण्टा लाग्ने भएकाले अहिलेनै दुर्घटनाबारे यकिन जानकारी हुन नसकेको बताए ।

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

पर्यटनमन्त्री सवार हेलिकोप्टर खोज्न प्रहरी परिचालित