सप्तरी,२०, असोज
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौ जनालाई पक्राउ गरिएको जनाएको छ । "/>

विद्युत् चोरी गर्ने नौ जना पक्राउ

विद्युत् चोरी गर्ने नौ जना पक्राउ


सप्तरी,२०, असोज
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौ जनालाई पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरणको राजविराज वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी र उत्तरी भेगमा विद्युतको खम्बाबाट तार टाँगेर चोरी गर्ने नौ जनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पक्राउ पर्नेमा डाकोश्वरी नगरपालिका–९ बस्ने सुशीलकुमार मेहता, रामनारायण शर्मा, सुशीलकुमार यादव, रवि साह, वडा नं ३ बस्ने नन्द मण्डल, लीलाकान्त खड्का र सुरुङ्गा नगरपालिका–३ बस्ने दीपेन्द्र चौधरी, रामसुन्दर साह तथा रुपनी गाउँपालिका–१ बस्ने प्रिन्सकुमार इसर रहेका छन् । उनीहरु विरुद्ध विद्युत् ऐन अनुसार कारबाही हुने केन्द्रका प्रमुख साहले बताए ।
रासस

Logo