काठमाडौँ, १९, असोज
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठमेल क्षेत्रलाई लक्षित गरी मिटरमा जान नमान्ने ट्याक्सीविरुद्ध सञ्चालन गरेको विशेष कारबाही अभियान अन्तर्गत बुधबार ६७ जना चालक कारबाहीमा परेका छन् । "/>

मिटरमा जान नमान्ने ६७ जना ट्याक्सीचालक कारबाहीमा

मिटरमा जान नमान्ने ६७ जना ट्याक्सीचालक कारबाहीमा


काठमाडौँ, १९, असोज
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठमेल क्षेत्रलाई लक्षित गरी मिटरमा जान नमान्ने ट्याक्सीविरुद्ध सञ्चालन गरेको विशेष कारबाही अभियान अन्तर्गत बुधबार ६७ जना चालक कारबाहीमा परेका छन् ।

दसैँ मनाउने क्रममा आफन्त मान्यजनको टीका थाप्न जाने तथा जिल्लाबाट काठमाडौं फर्किरहेका सर्वसाधारणलाई ठगी गरेको गुनासोका आधारमा ठमेल क्षेत्रमा ट्राफिक प्रहरीले विशेष कारबाही सञ्चालन गरेको हो । महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितको नेतृत्वमा खटिएको ट्राफिक प्रहरीको टोलीले मिटरमा जान नमान्ने १८ जना, हर्न बजाउने २१ जना, एकतर्फी सडकमा सवारी चलाउने २३ जना र जथाभावी पार्किङ गर्ने पाँच जना गरी ६७ जना चालकलाई कारबाही गरेको हो । पोखरा, चितवन र भैरहवा–बुटवलबाट यात्रु बोकेर ठमेल छेउछाउ आउने टुरिस्ट बसका यात्रुहरूले ट्याक्सी चालकको मनलाग्दी भाडादरका विषयमा गुनासो गरेका थिए । सो गुनासोपछि महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रञ्जित आफैं सडकमा खटिएका थिए । ट्राफिक प्रहरीले कलङ्की, स्वयम्भू, बल्खु, गोँगबु नयाँबसपार्क, माछापोखरी, गौशाला, त्रिभुवन विमानस्थल, कोटेश्वर, सातदोबाटो लगायतका स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरेको छ । विशेष गरी मिटरमा जान नमान्ने ट्याक्सीविरुद्धको कारबाहीलाई सशक्त पार्न सो अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।
गोरखापत्रबाट

Logo