कैलालीमा जिप दुर्घटना हुँदा १५ जना घाइते

कैलालीमा जिप दुर्घटना हुँदा १५ जना घाइते


धनगढी । कैलालीमा भएको जिप दुर्घटनामा १५ जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका–४, बाजपानीमा आज जिप दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार डोकेबजारबाट कोलडीतर्फ जाँदै गरेको सु.प. ०१००१च२६२३ नम्बरको जिप दुर्घटना भएकाे हाे ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ब्रेक फेल भएर दुर्घटना भएको जिप सडकबाट करिब ३ सय मिटर खसेको प्रहरीले जनाएकाे छ ।

Logo