भद्रपुर, ९, असोज
झापाको विर्तामोड नगरपालिका अन्तर्गत राजकुमार पञ्जियारको किराना पसलमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । "/>

चोरी गर्ने ३ जना युवक प्रहरी नियन्त्रणमा

चोरी गर्ने ३ जना युवक प्रहरी नियन्त्रणमा


भद्रपुर, ९, असोज
झापाको विर्तामोड नगरपालिका अन्तर्गत राजकुमार पञ्जियारको किराना पसलमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्ती राति भएको चोरीको जाहेरी अनुसार प्रहरीले हिजो बिहानै देखि सादा पोशाकमा अभियुक्तको खोजी कार्यलाई तीव्र पारेको थियो । शंकास्पद अवस्थामा पक्राउ पर्ने झापा कमल गाउँपालिका–२ निवासी तुलसी गिरीका छोरा ३० वर्षीय दिनेश गिरी, दमक नगरपालिका–५ निवासी पप्पु यादवका छोरा १७ वर्षीय ओमप्रकाश यादव र कन्काई नगरपालिका–८ बस्ने भीम राईको १६ वर्षीय छोरा विकास राई छन् । निजहरुबाट पसलमा चोरी भएको एनसेलको रिचार्ज कार्ड र नगद पनि बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Logo