मेलिना राईको ‘तल्लाघरे साइला’ सार्वजनिक

मेलिना राईको ‘तल्लाघरे साइला’ सार्वजनिक


केन्द्रबिन्दु संवाददाता

चर्चित तथा लोकप्रिय गायिका मेलिना राईको तल्लाघरे साईला गीतको भिडियो सार्वजनिक भएको छ । तल्लाघरे साईलामा संचारकर्मी दीपेन्द्र घिमिरेको शब्दलाई एस.डी योगीले संगीत भरेका छन् भने गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

रिकेश गुरुङको एरेन्ज रहेको गीतको अडियो सुत्र इन्टरटेनमेन्टमा रेकर्ड गरिएको हो । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । भिडियोमा नायक गौरब पहारीसँगै बेबो आचार्यको अभिनय रहेको छ । दमदार, हिरो रिटन्र्स जस्ता चलचित्र निर्माण गरेका निर्माता चन्द्र गौतमले भिडियो निर्माण गरेका हुन् ।

भिडियोका नायक गौरव पहारीले साईला पछी आएको आफ्नो यस् म्युजिक भिडियोले साईला जस्तै छाप छोड्ने विश्वास ब्यक्त गरेका छन् । यस भिडियोबाट डेब्यु गरेकी बेबो आचार्य यस भिडियोबाट आफ्नो करीयर बन्नेमा ढुक्क छिन् ।

Logo