#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । पशुपतिनाथ मन्दिरमा शिवरात्रीमा गाँजा सेवनमा प्रतिबन्ध लगाईएको छ । विगतका वर्षहरुमा बाबाहरु गाँजा खाएर शिवरात्रीमा आउने गरेका थिए । तर यो पटक भने पशुपति क्षेत्रभित्र गाँजा खान तथा बेचविखन गर्न प्रतिबन्ध लगाईएको हो ।महाशिवरात्रीका दिन गाँजा सेवन गर्नू परापूर्वकालदेखि नै चल्दै आएको चलन मानिएको छ । तर यो पटक पशुपतिमा गाँजा सेवनमा प्रतिबन्ध लगाईएपछि भातबाट आउने बाबा र जोगीहरुको संख्या घटेको छ ।उनीहरुले भगवान शिवको प्रसादका रूपमा गाँजा सेवन गर्दै आएका थिए । पशुपति क्षेत्रमा गाँजा प्रतिबन्ध गरिएका कारण यसपटक आउनेहरूको संख्या कम भएको भारतबाट आएका एक बाबाको भनाई छ ।गत वर्षदेखि पशुपति विकास कोषले मन्दिर परिसर लगायत वरपर क्षेत्रमा गाँजा सेवन र व्यापारमा रोक लगाएको थियो । तर गतवर्ष गाँजा सेवनमा लगाईएको रोकमा त्यति कडाई गरिएको थिएन् ।विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई ‘लागुऔषधबाट मुक्त राख्न’ यस्तो निर्णय गरिएको कोषको भनाइ छ। केही वर्षअघिसम्म शिवरात्री मेला भर्न आउने जोगी र बाबाहरूलाई राज्यले नै गाँजा बाँड्ने चलन थियो।

पशुपतिमा गाँजा सेवनमा प्रतिबन्धपछि भारतीय बाबा कम आए

काठमाडौं । पशुपतिनाथ मन्दिरमा शिवरात्रीमा गाँजा सेवनमा प्रतिबन्ध लगाईएको छ । विगतका वर्षहरुमा बाबाहरु गाँजा खाएर शिवरात्रीमा आउने गरेका थिए । तर यो पटक भने पशुपति क्षेत्रभित्र गाँजा खान तथा बेचविखन गर्न प्रतिबन्ध लगाईएको हो ।

महाशिवरात्रीका दिन गाँजा सेवन गर्नू परापूर्वकालदेखि नै चल्दै आएको चलन मानिएको छ । तर यो पटक पशुपतिमा गाँजा सेवनमा प्रतिबन्ध लगाईएपछि भातबाट आउने बाबा र जोगीहरुको संख्या घटेको छ ।

उनीहरुले भगवान शिवको प्रसादका रूपमा गाँजा सेवन गर्दै आएका थिए । पशुपति क्षेत्रमा गाँजा प्रतिबन्ध गरिएका कारण यसपटक आउनेहरूको संख्या कम भएको भारतबाट आएका एक बाबाको भनाई छ ।

गत वर्षदेखि पशुपति विकास कोषले मन्दिर परिसर लगायत वरपर क्षेत्रमा गाँजा सेवन र व्यापारमा रोक लगाएको थियो । तर गतवर्ष गाँजा सेवनमा लगाईएको रोकमा त्यति कडाई गरिएको थिएन् ।

विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई ‘लागुऔषधबाट मुक्त राख्न’ यस्तो निर्णय गरिएको कोषको भनाइ छ। केही वर्षअघिसम्म शिवरात्री मेला भर्न आउने जोगी र बाबाहरूलाई राज्यले नै गाँजा बाँड्ने चलन थियो।

सम्बन्धित समाचारहरु

ताजा समाचार