काठमाडौं , १, असोज
नेपालबाट पछिल्लो ५ वर्षमा ७७ अर्ब रुपैयाँ मूल्य बराबरका जडिबुटीजन्य वस्तु निर्यात भएका छन् । अलैंची, अदुवा, वनस्पति तेल औषधिजन्य जडिबुटी, सुगन्धित तेल जस्ता वस्तुको निर्यातबाट ५ वर्षमा नेपालले ७७ अर्ब २१ करोड रुपैयाँ भन्दा बढीको आम्दानी गरेको छ । "/>

विगत ५ वर्षमा नेपालले ७७ अर्बको जडिबुटी निर्यात गर्यो

विगत ५ वर्षमा नेपालले ७७ अर्बको जडिबुटी निर्यात गर्यो


काठमाडौं , १, असोज
नेपालबाट पछिल्लो ५ वर्षमा ७७ अर्ब रुपैयाँ मूल्य बराबरका जडिबुटीजन्य वस्तु निर्यात भएका छन् । अलैंची, अदुवा, वनस्पति तेल औषधिजन्य जडिबुटी, सुगन्धित तेल जस्ता वस्तुको निर्यातबाट ५ वर्षमा नेपालले ७७ अर्ब २१ करोड रुपैयाँ भन्दा बढीको आम्दानी गरेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार ५ वर्षमा जडिबुटीजन्य वस्तु मध्ये साढे १६ अर्ब रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ भने अदुवा ३ अर्ब १२ करोड रुपैयाको निर्यात भएको छ । यस्तै वनस्पति तेल ४ अर्ब १६ करोड, औषधिजन्य जडिबुटी ६ अर्ब ४७ करोड र सुगन्धित तेल करिब १ अर्ब मूल्य बराबरको निर्यात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । अलैंची र अदुवालाई कृषि तथा वनस्पतिजन्य दुवै खाले उत्पादनका रूपमा लिइन्छ । आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्म यस्ता वस्तुको वार्षिक निर्यात ६ अर्ब भन्दा केही बढी थियो । तर गत आवमा निर्यात १ अर्ब रुपैयाँ घटेर ५ अर्बको हाराहारीमा सीमित हुन थालेको छ । नेपालको सम्भावना अनुशार यो निर्यात नगन्य भएकको विज्ञहरु बताउँछन् ।
कारोबारबाट

Logo