आन्दोलनरत शिक्षकहरुमाथि पानीको फोहोरा र अश्रुग्यास

प्रहरीले आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुमाथि बानेश्वरमा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।

देशभरबाट आएका शिक्षक माइतीघर मण्डलामा भेला भई नया बानेश्वरसम्म प्रदर्शन गरेका थिए। प्रदर्शनकै क्रममा निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । बालविकास केन्द्रमा शिक्षामा कार्यरत शिक्षकलाई उमेरको हदबन्दी हटाउनुपर्ने, सम्पूर्ण बालविकास शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्नेलगायत माग गर्दै समितिले प्रदर्शन गरेको हो ।

लामो समयदेखि देशभर कार्यरत त्यस्ता शिक्षकलाई दरबन्दीमा परिणत गरी सेवासुविधा र स्तरोन्नतिको वृद्धि गर्नुपर्ने समितिले माग गरेको हो। कक्षा १ देखि १० सम्म अध्यापन गराउने करीब ४० हजार राहत शिक्षक, कक्षा १ मा भर्ना हुनु अगाडिका बालबालिकालाई पढाउने ३६ हजार बालविकासका शिक्षक र कक्षा ११ देखि १२ सम्म पढाउने छ हजार शिक्षक उक्त आन्दोलनमा छन ।

ताजा समाचार

आन्दोलनरत शिक्षकहरुमाथि पानीको फोहोरा र अश्रुग्यास