म्याग्दी, २३ भदौ
नाम :अमरबहादुर थापामगर
उमेर : ७५ वर्ष
कक्षा : नर्सरी
रोल नं : १०
बेनी नगरपालिका–१ रत्नेचौरमा सञ्चालित नेसनल प्रोग्रेसिभ एजुकेसन एकेडेमीमा भेटिने एउटा विद्यार्थीको यस्तो ‘प्रोफाइलले’ सबैलाई आश्चर्यमा पार्छ। ढाकाटोपीमा सजिएर उनी बिहान साढे ९ बजे विद्यालय आइपुग्छन्। अनुहार चाउरिएका र दाँत पनि झरिसकेका अमरबहादुर नर्सरीमा ५ ,६ वर्षका बालबच्चासँगै पढ्छन् , खेल्छन् र छुट्टी भएपछि उनीहरूसँगै लाइनमा घर फर्कन्छन्। वि.सं.१९९९ सालमा जन्मेका अमरबहादुरले १५ वर्ष भारतीय सेनामा काम गरे। जागिरे जीवनमा होस् या अवकाशपछि, दिनहुँ पढाइको महत्व खड्किए पछि उनी एक महिनाअघि विद्यालय भर्ना हुन आए। विद्यालयका प्रिन्सिपल, शिक्षक तथा अभिभावकले सुरुमा ठट्टा सम्झे। भर्ना शुल्क र पुस्तक किन्ने पैसा सहित झोला बोकेर नियमित विद्यालय आउन थालेपछि प्रिन्सिपल याम बहादुर थापाले उनलाई भर्ना गरिदिए ।
अन्नपूर्णपोष्टबाट
प्रतिक्रिया