ताप्लेजुङ, २१, भदौ  

जिल्लामा गतवर्ष भदौ १७ गते गएको पहिरोबाट विस्थापित बनेकाहरु अझै पुन स्थापित हुन सकेका छैनन् । "/>

एकवर्ष अघिका पहिरो पिडित अझै विचल्लिमा

एकवर्ष अघिका पहिरो पिडित अझै विचल्लिमा


ताप्लेजुङ, २१, भदौ  

जिल्लामा गतवर्ष भदौ १७ गते गएको पहिरोबाट विस्थापित बनेकाहरु अझै पुन स्थापित हुन सकेका छैनन् । पहिरो गएको स्थानमा अझै सम्म पहिरो झरीरहेको र अन्य स्थानमा स्थापित हुने ठाउँ समेत नभएकाले उनिहरु भाडामा कोठा लिएर बसिरहेका छन् ।

फुङ्लिङ नगरपालीका ८ दोखु मा एक वर्ष अघि गएको पहिरोले १६ घर परीवार विस्थापित भएका थिए । उनिहरु मध्ये केहि परिवार सो स्थानलाई छाडेर बसाई गएका छन् भने केहि परिवार नजिकैको हिटि बजारमा डेरा गरि बसेका छन् । पहिरो जान साथ जिल्ला दैविक प्रकोप समिति, विभिन्न संस्था र सहयोगिहरुले जस्तापाता दिए पनि घर बनाउने स्थान नहुँदा जस्तापाता थन्क्याएर डेरा बस्नुपर्ने बाध्यता भएको पहिरो पिडित हर्क पालुङ्वाले बताए । आफुहरुले सरकारलाई स्थानिय प्रशासन र राजनितिक दल मार्फत विभिन्न समयमा पुर्नस्थापनाको व्यवस्थाका लागि आग्रह गरे पनि ध्यान नदिएको पिडितको गुनासो रहेको छ । गत वर्ष गएको पहिरोले सो स्थानका ४५ घरमा क्षति पु¥याउँदा ४ जनाको मृत्यू भएको थियो भने १६ परीवार पुर्ण रुपमा विस्थापित भएका थिए ।
नेपाल समाचारपत्रबाट

Logo