काठमाडौं, १५ भदौ

बाहिरबाट घर पुग्दा श्रीमान् आएर घरमा बस्नुभएको छ कि भन्ने आस लाग्छ, गहभरी आँसु पार्दै तुलसीपुर उपमहानगरपालिका–१५ पहरूवाकी सोमली चौधरीले भनिन्, ‘कहिले त राति सुतेको बेला ढोका खोल्, भनेर बोलाएको जस्तो पनि लाग्छ । "/>

सरकार वर्षेनी वेपत्ता पारिएकाहरुको दिवस मनाउँछ

सरकार वर्षेनी वेपत्ता पारिएकाहरुको दिवस मनाउँछ


काठमाडौं, १५ भदौ

बाहिरबाट घर पुग्दा श्रीमान् आएर घरमा बस्नुभएको छ कि भन्ने आस लाग्छ, गहभरी आँसु पार्दै तुलसीपुर उपमहानगरपालिका–१५ पहरूवाकी सोमली चौधरीले भनिन्, ‘कहिले त राति सुतेको बेला ढोका खोल्, भनेर बोलाएको जस्तो पनि लाग्छ ।’

गस्तीमा गएको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले २१ भदौ २०५९ का दिन चौवाखोलामा धुर्य पूजा गर्न जम्मा भएका सोमलीका श्रीमान् कुइरा चौधरी सहित ६ जनालाई पक्राउ गरेर लगेको थियो । ‘थारू समुदायका सबैजना जम्मा भएर पूजा गर्दै थियौं, कताबाट सेना आयो र मेरो श्रीमान् र अरू पाँच जनालाई तिमीहरूसँग काम छ, भन्दै लगेर गयो । उनलाई सुरक्षा गस्तीको टोलीले लगेको २१ भदौमा ठ्याक्कै १५ वर्ष हुन्छ,’ उनले भनिन् । पक्राउ पर्नेमा सोही ठाउँकी रतिकला चौधरीका श्रीमान् सोमराज चौधरी पनि थिए । उनी पक्राउ पर्दा घरमा चार, तीन र एक वर्षका छोराछोरी थिए । उनीहरू अहिले १६ देखि १९ वर्ष उमेरका भइसकेका छन् । ‘कान्छो छोराले आमा हाम्रो बुबा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छ, मैले एक दिन आउनुहुन्छ भनेर ढाँट्दै आएकी छु, आँसु पुछ्दै रतिकलाले भनिन्, ‘राज्यले कि म¥यो भनिदिनु प¥यो कि त जिउँदै ल्याइदिनु प¥यो ।’ रतिकलाका अनुसार पहरुवाका ६ जना बेपत्ता परिवारले १४ वर्षपछि शान्ति समिति दाङमा खोजबिनका लागि गएको वर्ष उजुरी दिएका छन् ।

त्यस्तै २९ जेठ २०५९ मा तुलसीपुर बजारमा मल किन्न आएका दंगीशरण गाउँपालिका–३ चितावनपुरका मसुरी चौधरीका श्रीमान् हरिराम चौधरी र देवर अहिले सम्म घर फर्केका छैनन् । दुवैजना बर्खे खेतीका लागि मल ल्याउन साइकल लिएर तुलसीपुर बजार आएका थिए । उनीहरू अहिलेसम्म कहाँ छन्, कसले लग्यो कुनै अत्तोपत्तो छैन । श्रीमान् बेपत्ता हुँदा गर्भमा तीन महिनाकी छोरी थिइन् । कमाई गरेर घरको व्यवहार धान्ने श्रीमान् बेपत्ता भएपछि दुःखका दिन सुरु भएको उनले बताइन् । पीडित मसुरीले भनिन्, ‘बिर्सिन लागेको घाउलाई पुनः बल्झाइदिन्छन् साह्रै दुःख लाग्छ, बेपत्ता श्रीमान् र देवरलाई कसैले ल्याइदिने होइनन् ।’
राजधानीबाट

Logo