नयाँदिल्ली, ९ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको जारी राजकीय भ्रमणको दोस्रो दिन हिजो दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । "/>

नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी

नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी


नयाँदिल्ली, ९ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको जारी राजकीय भ्रमणको दोस्रो दिन हिजो दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ ।

उक्त राजकीय भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा द्विपक्षीय हित र सो सम्बन्धमा थप विस्तार गर्ने कडीका रुपमा यो सम्बन्धलाई लिइएको सो प्रेस विज्ञप्तिमा उल्लेख छ । उच्चस्तरका यस्तै भ्रमणहरुको आदानप्रदानका माध्यमबाट द्विपक्षीय साझेदारी एवं समझदारीलाई अझ विकसित र विस्तारित बनाउन सकिन्छ, संयुक्त विज्ञप्तिमा भनिएको छ – “भारतीय प्रधानमन्त्रीले नेपालको तराईक्षेत्रमा हालै आएको बाढीले गरेको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति दुःख व्यक्त गरेका छन् ।”

त्यसैगरी प्रधानमन्त्री देउवाले पनि भारतीय क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिप्रति भारत सरकार र यहाँका नागरिकप्रति हार्दिक समवेदना र दुःख व्यक्त गर्नुभएको छ ।नेपाल–भारत पक्षीय प्रबुद्ध समूहले द्विपक्षीय सम्बन्ध सुधारमा जारी राखेका आपसी बैठक आदिका माध्यमबाट विकसित भएको परिस्थितिप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका छन् । त्यसैगरी ४६ बुँदे सो वक्तव्यमा रक्षा सम्बन्धमा भारतले नेपाली सेनालाई प्राविधिक तालीम एवं अन्य क्षमता अभिवृद्धिमा आवश्यक सहयोगका लागि प्रधानमन्त्री देउवाले भारत सरकार र भारतीय सेनालाई धन्यवाद ज्ञापन पनि गरेका छन् । दिगो विकासका लागि साझेदारी कार्यक्रम अन्तर्गत सन् २०१६ मा स्थापित संयुक्त संयन्त्रको कार्यक्रम मार्फत नेपालमा जारी रहेका भारतीय आयोजनाहरुको कार्यान्वयन र यसको सम्पन्नताका लागि अघि बढाइएका कार्यप्रति पनि दुबै देशका प्रधानमन्त्रीले खुसी व्यक्त गरेका जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकता युक्त आयोजनामा समेटेको विषयमा प्रधानमन्त्री देउवाले जानकारी गराए र उनको यो प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गरेका थिए।
रासस

Logo