चितवन ५ भदौ ।

अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ । "/>

दोस्रो गैँडालाई भारतबाट उद्धार गरी ल्याइयो

दोस्रो गैँडालाई भारतबाट उद्धार गरी ल्याइयो


चितवन ५ भदौ ।

अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ ।

बाढीले भारतको वाल्मीकि नगरमा पु¥याएको वयस्क पोथी गैँडालाई उद्धार गरी आज बिहान चितवनको रत्ननगर स्थित सौराहा ल्याइपु¥याइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिएका छन् । आइतबार साँझ डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर भारतबाट पठाइएको गैँडा आज बिहान १ः३० बजे चितवन निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपु¥याइएको पाठकले जानकारी दिए। यसरी भारतबाट उद्धार गरिएको यो गैँडा दोस्रो हो ।

बाढीले बगाएर थप दुई वटा गैँडा भारत पु¥याएको पाइएकाले निकुञ्जमा फर्काउन पुनः प्राविधिक सहितको टोली सो क्षेत्रमा परिचालन गरिएको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा प्राविधिक सहित गरी झण्डै ५० जनाको टोली गैँडाको उद्धारका लागि खटिएका छन् । थप दुई गैँडा उद्धार गरी ल्याउनका लागि डाट टोली तथा आवश्यक खोरसहित भारतमा छन् । चितवन निकुञ्जबाट बगाएकाले भारतको वाल्मीकि टाइगर रिजर्बका अधिकारीसँगको समन्वयमा गैँडाको उद्धार गरिएको हो ।

आज ल्याइएको उक्त गैँडा भारतको बस्ती भएको र केही झाँडी तथा वनमारा भएको क्षेत्रमा फेला परेको थियो । उक्त गैँडालाई आजै निकुञ्जमा छाडिने जनाइएको छ । अर्को गैँडा नारायणी नदी किनारको सानो जंगलको टापुमा रहेको तथा तेस्रो गैँडा नेपाल–भारत ओहोरदोहोर गरिरहेको भए पनि अहिले भने भारतमै रहेको पाइएको छ । यस अघि भदौ २ गते अन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडालाई नेपाल–भारत सीमा भन्दा ४२ किलोमिटर दक्षिण पूर्वमा पर्ने भारतको बगाहा भन्ने स्थानबाट उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ । रासस

Logo