तिलक मरापाना भए श्रीलङ्कामा नयाँ विदेशमन्त्री

तिलक मरापाना भए श्रीलङ्कामा नयाँ विदेशमन्त्री


कोलम्बो, ३१ साउन ।

श्रीलङ्कामा मंगलबार नयाँ विदेशमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज विदेशमन्त्रीमा तिलक मरापानालाई नियुक्ति गरेका हुन् ।

मरापाना यसअघि श्रीलङ्काका विकास मन्त्री थिए ।

मरापाना सत्ताधारी दल युनाइटेड नेसनल पार्टीकै सदस्य हुन् । यसअघि विदेशमन्त्री रबि करुणानायकेले राजिनामा दिएपछि मरापानालाई विदेशमन्त्रीमा नियुक्ति गरिएको हो ।

भ्रष्टाचारको आरोप लागेपछि करुणानायकले राजिनामा दिएका हुन् । मरापाना यसअघि कानुन र जेल सुधारमन्त्री रहिसकेका हुन् । रासस/सिन्ह्वा

Logo