तराईमा बाढी पहाडमा पहिरो: देशभर ३० जनाको मृत्यु, करोडौ क्षति

तराईमा बाढी पहाडमा पहिरो: देशभर ३० जनाको मृत्यु, करोडौ क्षति


काठमाडौँ २८, साउन । अविरल बर्षापछि आएको बाढीका कारण तराई क्षेत्रमा बाढीले बितण्डा मच्चाएको छ भने पहाडी क्षेत्रहरुमा पहिरोले बबण्डर गरेको छ । गृहमन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म देशभर बाढीपहिरोमा परि ३० जनाले ज्यान गुमाइसकेका छन् ।

गृहमन्त्री जनार्दन शर्माका अनुसार सुनसरीमा ७, मोरङमा ३, सिन्धुलीमा ४, पाँचथरमा ३,  झापामा २, बाँकेमा ३ जनाको मृत्यु भएको छ। यस्तै बारा, सर्लाही, पाल्पा र दाङमा १/१ जनाको मृत्यु भएको विवरण आएको छ । केहि मानिसहरु घाइते र कतिपी बेपत्ता रहेको पनि मन्त्रालयले जनाएको छ । बढीपहिरोका कारण करोडौको क्षति भएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दारको काम गरिरहेका छन्। राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहहरूमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोलीहरू खटाइएको गृहमन्त्रालयले जनाएको छ।

 

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पिडितहरुको तत्काल उद्धार गरि राहत सामग्री वितरण गर्न निर्देशन दिएका छन् ।

Logo