राजेश हमालले गरे दिप प्रज्वलन

राजेश हमालले गरे दिप प्रज्वलन


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २७ साउन ।

विगत ६ वर्षदेखि नेपालमा उच्च माध्यामिक तहलाई समावेश गरी अन्तर–विद्यालय हाजिरी जवाफ प्रतियोगिता “क्विज मेनिया” आयोजना गर्दै आएको एक्रेटिभ मिडिया प्रा.लि. ले राजधानीको माइतीघर मण्डालामा सामूहिक दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले बिहीबार साँझ उक्त सामूहिक दीप प्रज्वलन समारोहको उद्घाटन गरेका थिए ।

समारोहका विशेष अतिथि एवं क्विज मेनियाका सञ्चालक महानायक राजेश हमालले आफू नेपालको तर्फबाट शान्तिको सन्देश बोकेर एसिया महादेशको भ्रमण गर्दै गरेको उल्लेख गर्दै विभिन्न एसियाली राष्ट्रहरूमा छनोट चरण (अडिसन) सञ्चालन पश्चात् नेपालमा सम्पन्न हुने अन्तिम चरणको कार्यक्रममा एसिया महादेशका विभिन्न युवा विद्यार्थीहरू नेपालमा भेला भई सांस्कृतिक लगायत विभिन्न विधाहरू आदानप्रदान गर्दै एक अर्कालाई नजिकबाट चिन्ने अवसर प्राप्त गर्ने विश्वास हमालले व्यक्त गरे ।

त्यसैगरी, एक्रेटिभ मिडिया प्रा.लिका प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलले क्विज मेनिया कार्यक्रमले विगतका वर्षहरुमा प्राप्त गरेको लोकप्रियता र गत वर्ष आफ्नो पाँचौ संस्करण अन्तर्गत दक्षिण एसियाली स्तरको कार्यक्रम सम्पन्न गरी आर्जेको सफलताका कारण आफूलाई अघि बढ्न थप हौसला प्राप्त भएको बताए ।

क्विज मेनिया यो वर्षदेखि एसियाली स्तरमा प्रवेश गरेको छ । यसको नयाँ शृंखला नोबेल क्विज मेनिया ६ को प्रसारण भाद्र २ (अगस्ट १८) साँझ ९ बजेदेखि कान्तिपुर टेलिभिजनबाट सुरु हुँदैछ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्रस्तुति रहेको सिजन ६ को इन एसोसिएसन विथमा इस्लिङ्टन कलेज रहेको छ । कार्यक्रमको प्रायोजकमा एनआइसी एसिया बैंक लि., राइटपाथ करियर काउन्सिलिङ, मर्सी एजुकेसन कन्सल्टेन्सी, हिरो मोटरसाइकल, श्री वेङ्कटेश्वर कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी इण्डिया, श्रीनाथ कलेक्सन, कतार एयरलाइन्स, गोल्डेन गेट इन्टरनेसनल कलेज, नेपालय कलेज, पाथ फाइन्डर इन्टरनेसनल एजुकेसन, एक्सस एजुकेसन नेटवर्क, एक्सपर्ट एजुकेसन नेटवर्क, कान्तिपुर एजुकेसन, हिटाची तथा कारोबार आर्थिक राष्ट्रिय दैनिक छन् ।

Logo