गहिरो निन्द्रा पाउने यी सूत्र 

गहिरो निन्द्रा पाउने यी सूत्र 


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ साउन ।

शरीर र मनलाई विश्राम चाहिन्छ । त्यसैले हामी सुत्छौ । आराम गर्छौ । सुत्नु प्राकृतिक विधि हो, शरीरलाई विश्राम दिने । हाम्रो सुताइ फितलो भयो भने त्यसले स्वास्थ्यमा असर गर्छ । किनभने स्वस्थ्य शरीरका निम्ती गहिरो निन्द्रा अनिवार्य सर्त हो । जब हामीलाई राम्ररी निन्द्रा लाग्दैन, तब थकान महसुस हुन्छ । शरीर भद्दा हुन्छ । दिनभरको कार्यतालिका गडबड हुन्छ । मन चंगा हुँदैन । फुर्ति हराउँछ । त्यति मात्र होइन, अनिन्द्रा एवं फितलो निन्द्राले रोग निम्त्याउँछ । उच्च रक्तचाप, मधुमेह लगायत हृदयसम्बन्धी रोगको कारक बन्छ यो । शरीर स्वस्थ्य हुन गहिरो निन्द्रा हुनैपर्छ । तर, कसरी पाउने गहिरो निन्द्रा ? यसकारण आवश्यक गहिरो निन्द्रा जब तपाईंलाई निन्द्रा लाग्छ, तब शरीरका अंगहरू निस्क्रिय हुन थाल्छ । शिथिल हुन्छ । त्यसैले मस्त सुतेपछि पुन तपाईको शरीरमा नयाँ स्फुर्ति आउँछ ।

 – सुतेको समयमा नयाँ कोशिका पैदा हुन्छ र एन्टी बडिज उत्पन्न हुन्छ । 

– निन्द्रा राम्ररी लागेन भने त्यसको असर स्वास्थ्य र सौन्दर्य दुबैमा पर्छ । कसरी पाउने ? 

– गहिरो निन्द्राका लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ । शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने गतिविधि जारी राख्नुहोस् । 

– सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । 

– बिहान चाँडै उठ्ने प्रयास गरौं र मर्निङवाकमा निस्कने गरौं । 

– गहिरो निन्द्रका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन । 

– सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ । 

– संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् । यो सुत्नेको आदर्श तरिका हो ।

 – सुत्नासाथ निन्द्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् । 

– मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्‍याउनुहोस् । 

– निन्द्राकाका लागि कुनै औषधी सेवन गर्नु ठीक होइन । त्यसले प्राकृतिक निन्द्रा दिँदैन । बरु टाउको दुख्ने र स्वास्थ्य सम्बन्धी अन्य समस्या निम्त्याउने खतरा हुन्छ । 

– शयन कक्षमा यस्तो सामग्री नराखौं, जसले निन्द्रा बिथोल्छ । जस्तो टेलिभिजन, कम्प्युटर आदि नराखौ । 

– चामल, आलुजस्ता भोजन रातको समयमा गर्नु उचित हुँदैन । म्यागनेसियमले भरपुर भोजन गर्नुहोस्, जसले गहिरो निन्द्रा लाग्छ । 

– कोठामाको तापमान सन्तुलित हुनुपर्छ । 

– सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ । 

– खुट्टा पैतालामा तातो सस्र्युंको तेलले मसाज गर्नुहोस्, यसले पनि गहिरो निन्द्रा लाग्छ । 

– सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं । 

– सुत्नुअघि सबै उपकरण बन्द गरौं, जस्तो कि मोबाइल, टिभी । 

– धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो ।

(एजेन्सी) 

Logo