युवा–युवतीका आदर्श डेभिड बेकह्याम

युवा–युवतीका आदर्श डेभिड बेकह्याम


डेभिड बेकह्यामले जनवरी ११, २००७ मा अमेरिकी क्लब एलए ग्यालेक्सीमा आबद्ध हुने निर्णय लिएका थिए। तर त्यो आजकै दिन थियो अर्थात (२१ जुलाई )२००७ थियो, जतिबेला उनले ग्यालेक्सीको जर्सी लगाएर घरेलु मैदानमा खेले। चेल्सी विरुद्ध उनी ग्यालेक्सीका लागि मैत्रिपूर्ण खेलमा उत्रिएको समाचारलाई बेलायती तथा संसाभरका मिडियाले ठूलो कभरेज गरेका थिए।

१० वर्षपछि  अमेरिकी मेजर सकर लिग विश्वका अन्य ठूला स्टारका लागि पनि राम्रो गन्तव्य बनिसकेको छ।  त्यतिबेला यस्तो अवस्था थिएन जतिबेला बेकह्याम रियाल म्याड्रिड छाडेर एलए ग्यालेक्सी गएका थिए।

मैदानभित्र हरेकपटक उनी विपक्षीबाट घेरिएका हुन्थे। गोलका लागि उत्कृष्ट अवसर सिर्जना गर्दै टोलीका खेलाडीलाई पास दिनु, क्रसिङ क्षमता र घुमाउरो फ्रिकिक बेकह्यामका विशेषता थिए। यी त थिए मैदानभित्रका कुरा, मैदानबाहिर पनि उनी उत्तिकै लोकप्रिय थिए। आफ्नो फेशनेवल हेयर स्टायल र हिरोजस्तै देखिने लुक्स होस् वा  चर्चित सांगितिक समूह स्पाइस गर्लकी तत्कालीन सदस्य भिक्टोरियासँगको प्रेम प्रसङ्ग र विवाह नै किन नहोस्, बेकह्याम सधै‌ चर्चामा रहे। 

उनले अमेरिकामा फुटबलको प्रचार गर्न महत्वपूर्ण भूमिका खेले। अहिले उनी चीनमा फुटबलको प्रचार गर्न व्यस्त छन्। चीनको लोकप्रिय टेलिभिजनमार्फत उनले फुटबलका प्रशिक्षणका लागि दिने टिप्सहरु प्रशारण हुन्छ। चीनमा फुटबलको विकास गर्नु बेकह्यामको ध्येय हो।

बेकह्यालमे व्यवसाहिक रुपमा फुटबल खेल्न छाडेको झन्डै ५ वर्ष पुग्यो। तर अझै पनि उनी युवायुवतीमाझ लोकप्रिय छन्। यसअघि नेपाल भ्रमणमा आउँदा उनलाई ठूलो सम्मान मिलेको थियो। उनले नेपालका बालबालिकालाई फुटबल सिकाएनन् मात्रै, उनीहरुसँग फुटबल र टेबुल टेनिस समेत खेले।

बच्चैदेखिको सपना

इङल्यान्डको राष्ट्रिय टोलीबाट १ सय १५ खेल खेलेका बेकह्याम कुनै समय गुगलमा सर्वाधिक खोजिने नाम थियो । उनी बच्चैदेखि फुटबलर बन्ने सपना देख्थे। उनले म्यानचेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड, अमेरिकाको एलए ग्यालेक्सी र फ्रान्सको पेरिस सेन्ट जर्माइनबाट लिग उपाधि जितेका छन्। फरक–फरक ४ देशमा लिग जित्ने उनी पहिलो बेलायती खेलाडी हुन्।

बेकह्यामले इङल्याण्डको कप्तानी गर्न पाउनुलाई आफ्नो जीवनकै सबैभन्दा ठूलो उपलब्धिका रुपमा बुझेका छन् । सन् २००२ र सन् २००६ को विश्वकपमा उनी इंलिस टिमको कप्तान रहे। सन् २०१० को विश्वकपअघि घाइते भएका बेकह्यामलाई इंलिस टिमको व्यवस्थापनमा  सामेल गरेर दक्षिण अफ्रिका लगिएको थियो। बेकह्यामले आफ्नो २० वर्षे करियरका दौरान म्यानचेष्टर युनाइटेड, रियाल म्याड्रिड, एसी मिलान, लस एन्जलस् ग्यालेक्सी र पेरिस सेन्ट जर्माइनबाट खेले।

बेकह्याम र फुटबल जीवन 

१९७५ : जन्म , मेइ २, लेइटोनस्टोन

१९९१ : म्यानचेष्टर युनाइटेडका प्रशिक्षार्थीका रुपमा छनौट

१९९२ : बर्गिटन विरुद्ध लिग कपमार्फत सेप्टेम्बर २३ मा डेब्यु, एफए युथ कप जित्न सफल

१९९३ : म्यानचेष्टर युनाइटेडसँग  व्यवसाहिक सम्झौता

१९९५ : प्रिष्टन क्लबमा ऋणमा आबद्ध, ५ खेल खेल्दै २ गोल गर्न सफल

१९९६ : युनाइटेडलाई प्रिमियर लिग र एफए कप जिताउन सफल , विम्बल्डन विरुद्ध सूरुआती खेलमा सेन्टरबाट विश्वचर्चित गोल गर्न सफल, माल्डोभाको खेलमार्फत इंलिस टिममा डेब्यु

१९९७ : इंलिस प्रिमियर लिग जित्न सफल , लिगको युवा खेलाडीमा सर्वाधिक मत पाउन सफल

१९९८ : विश्वकपमा स्थान बनाउन सफल, इङल्याण्डबाट कोलम्बिया विरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल, अर्जेन्टिना विरुद्धको दोस्रा चरणको खेलमा रातो कार्ड खादैैँ मैदान बाहिर

१९९९ : युनाइटेडलाई च्याम्पियन्स लिगसहित एफए कप र प्रिमियर लिगको उपाधि जिताउँदै ऐतिहासिक ट्रिवल गर्न सफल ।

फिफा वर्ष खेलाडीको दौडमा अवार्ड विजेता रिभाल्डोपछि दोस्रो स्थानमा   

२००० : चौथो पटक प्रिमियर लिग जित्न सफल, युनाइटेडले किर्तिमान १८ अंकको दुरीसहित उपाधि हात पार्दा, नोभेम्बरमा इटलि विरुद्धको खेलअघि इंलिस टिमको कप्तान नियुक्त

२००१ : युनाइटेडबाट पा“चौपटक लिग उपाधि जित्न सफल , अक्टोबरमा ग्रिस विरुद्ध वल्र्ड ट्राफोडमा अन्तिम मिनेटमा फ्रिकीकमार्फत गोल, ग्रिससँग २–२ गोलका बराबरी खेल्दै इङल्याण्ड विश्वकपमा छनौट

२००२ : म्यानचेष्टर युनाइटेडसँग तीन वर्षको नयाँ सम्झौता , जूनमा अर्जेन्टिना विरुद्ध पेनाल्टीमार्फत गोल गर्दै इङल्याण्डलाई आफ्नो कप्तानी विश्वकपको दोस्रो चरणमा डोहोर्‍‍‍याउन सफल, क्वाटरफाइनलमा इङल्याण्ड ब्राजिलसँग पराजित

२००३ : म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनबाट अप्रत्याशित रुपमा आर्सनल विरुद्धको एफए कप म्याचका दौरान बुट प्रहार, जुनमा महारानी एलिजावेथको जन्मदिनका अवसरमा फुटबलमा योगदान पुर्‍‍याएबापत सम्मान,  म्यानचेष्टर युनाइटेड छाडेर रियाल म्याड्रिडतर्फ

२००४ : युरोकपका दौरान पोर्चुगल विरुद्धको क्वाटरफाइनल खेलमा टाइब्रेकरमा  गोल गर्न असफल, इङल्याण्ड प्रतियोगिताबाट बाहिर

२००५ : अर्जेन्टिना विरुद्धको खेलसँगै ५० पटक इङल्याण्डको कप्तानी गर्ने व्यक्तिगत किर्तिमान

२००६ : इङल्याण्ड विश्वकपबाट बाहिर, इङल्याण्ड बाहिरिएसँगै कप्तान पदबाट राजिनामा , अगष्टमा ग्रिस विरुद्धको मैत्रिपूर्ण खेलका दौरान टोलिबाटै बाहिर

२००७ : वर्षको सूरुआतमै रियाल म्याड्रिड छाडेर अमेरिकी मेजर सकर लिग क्लब लस एन्जलस ग्यालेक्सी जाने घोषणा, बेकह्यामको घोषणासँगै उनालाई सिजनका बाँकी खेल नखेलाउने प्रशिक्षक फाबियो क्यापेलोको प्रतिक्रिया

जून ७ : अन्नत  फेरि टिममा मौका पाएपछि स्पेनिस ला लिगा जिताउने क्रममा प्रमुख भूमिका

 अगष्टमा ग्यालेक्सीसँग आबद्ध , फ्रिकीकमार्फत डिसी युनाइटेड विरुद्ध शान्दार गोल गर्न सफल

२००८ : फ्रान्स विरुद्धको मैत्रिपूर्ण खेलसँगै इंलिस टिमबाट १ सय खेल खेल्ने किर्तिमान

२००९ : ऋणमा एसी मिलानमा आबद्ध , सिजनको अन्त्यसम्म क्लबमै राख्ने एसी मिलानको घोषणा

२००९ :     स्लोभाकिया विरुद्धको खेलसँगै १ सय ९ अन्तर्राष्ट्रिय खेल खेल्दै इङल्याण्डको जर्सीमा सबैभन्दा धेरै खेल खेल्ने बबी मुर्रेको किर्तिमान भंग

२०१० : सिएभो विरुद्धको खेलका दौरान घाइते भएपछि चोटका कारण विश्वकप गुमाउने पक्का , इङल्याण्डको ब्याकरुम स्टाफ बनेर विश्वकप यात्रामा सहभागि, इंलिस प्रशिक्षक फाबियो क्यापेलोबाट फेरि टिममा सहभागि नगराउने घोषणा

२०११ : ग्यालेक्सीबाट पहिलो पटक एमएलएस कपको उपाधि जित्न सफल

२०१२ : ग्यालेक्सीसँग नयाँ सम्झौता , ओलम्पिक खेल्ने ग्रेट ब्रिटेनको टिममा सहभागि नहुने पक्का, ग्यालेक्सीबाट अर्को एमएलएस कप उपाधि जित्न सफल

२०१३ : पेरिस सेन्ट जर्माइनसँग ५ महिनाको सम्झौता, क्लबबाट खेलेबापत आउने पैसा फ्रान्सको राजधानीमा रहेका बालबालिकालाई खर्चन तयार , लियोन विरुद्ध जीत हात पार्दै पेरिस सेन्ट जर्माइन फ्रेन्च लिग वानको उपाधि जित्न सफल, चारवटा फरक देशमा लिग उपाधि जित्ने किर्तिमान , मेइ, १६ मा फुटबलबाट सन्यास

२०१४ : फुटबलकै माध्यमबाट विभिन्न सामाजिक काममा सक्रिय 

 

 

Logo