भक्तपुर, ५ साउन । भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।  

स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट रु १६ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । "/>

यसरी निभाइयो भक्तपुरमा सल्किएको आगो, फोटोफिचर

यसरी निभाइयो भक्तपुरमा सल्किएको आगो, फोटोफिचर


भक्तपुर, ५ साउन । भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । 

स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट रु १६ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

राति करिब ११ः४५ बजे लागेको आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । 

आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बारुणयन्त्र भक्तपुर र ललितपुरका दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा करिब २ बजे आगो नियन्त्रणमा लिइएको थियो । 

कारखानामा लागेको आगोका कारण सँगै रहेको विश्वराम प्रजापतिको घरमा समेत ग्याँस सिलिण्डर पड्केर सामान्य क्षति भएको छ । 

कारखानामा राति कोही पनि नबस्ने भएकाले आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । रासस 

 

Logo