यी ७ अभिनेत्रीको मृत्यु अझै रहस्यमयी

यी ७ अभिनेत्रीको मृत्यु अझै रहस्यमयी


केन्द्रबिन्दु डेस्क । ५ साउन, काठमाडौं ।

बलिउडमा आफ्नो पाइला अघि बढाउँदै लगेकी आसामी भाषाकी अभिनेत्री तथा गायिका विदिशा बिजबरुवाले आत्महत्या गरेपछि अहिले बलिउडकर्मी शोकमा छन् । श्रीमानसँगको बिग्रदों समस्याका कारण बिजबरुवाले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ ।

उनले गुजरातका व्यापारी निशित झासँग प्रेम विवाह गरेकी थिइन् । तर बलिउडमा समेत आफ्नो कदम अघि बढाएकी विदिशा करियरलाई निरन्तरता दिन चाहन्थिन् भने उनका श्रीमान् आफ्नी श्रीमती फिल्मी संसारबाट टाढै रहेको हेर्न चाहन्थे ।

यही विषयले गर्दा आफ्नी छोरी तनावमा रहेको उनका बाबुले बताएका छन् । प्रहरीले विदिशालाई आत्महत्या गर्न उक्साएको आरोपमा निशित विरुद्ध मुद्दा दर्ता गरेको छ । छानविन अघि बढ्दैछ ।

बलिउडमा विदिशा जसरी नै विगतमा पनि थुप्रै हिरोइनहरुले आत्महत्या गरेका छन् ।
जिया खान
नशब्द, हाउसफूल र गजनीजस्ता चर्चित चलचित्रमा अभिनय गरेकी जिया खानको शव २०१३ को जून ३ मा आफ्नै अपार्टमेन्टमा भेटियो । सुरुआतमा उनले आत्महत्या गरेको भनियो । तर जियाकी आमाले सुरज पन्चोलीले आफ्नी छोरीको हत्या गरेको आरोप लगाएकी छिन् ।

उनले आत्महत्या गरिन् वा उनको हत्या गरियो ? यस विषयमा अहिले अनुसन्धान भइरहेको छ । मृत्युको लामो समय बितिसक्दा पनि हत्या वा आत्महत्या भन्ने विषयमा केही खुलेको छैन ।

प्रत्युषा बेनर्जी
चर्चित शो ‘बालिका वधू’ की आनन्दी अर्थात प्रत्यूषा बेनर्जीको शव १ अप्रिल २०१६ मा उनकै फ्लाटमा झुन्डिरहेको अवस्थामा भेटियो । सञ्चारमाध्यममा आफ्ना प्रेमी राहुल राजबाट धोका पाएपछि उनले आत्महत्या गरेको समाचार सम्प्रेषण भयो । ‘

तर प्रत्यूषाका साथिभाई तथा अभिभावकले यस घटनालाई हत्या बताउँदै आएका छन् । उनीहरुले राहुलले हत्या गरेको आरोप लगाएका छन् ।

दिव्या भारती
अभिनेत्री दिव्या भारतीको सन् १९९३ मा मुम्बईस्थित तुलसी अपान्र्टमेन्टको पाँचौ तल्लाबाट खसेर निधन भयो । अन्तिम सास लिदैँ गर्दा दिव्याको उमेर केवल १९ वर्ष थियो । उनले आफैँ आत्महत्या गरिन् वा उनलाई कसैले लडाईदिएको थियो । यस विषयमा प्रहरीले कुनै छानविन गरेन किनकी प्रहरीसँग स्पष्ट प्रमाण नै थिएन ।

 

 

दिव्या भारतीले तमिल तथा तेलुगु चलचित्रमा पनि उत्कृष्ट छाप छाडेकी थिइन् । उनले बलिउडका हिट चलचित्र शोला और शवनम , दिल आशना है र दिवाना खेलेकी थिइन् ।

परबीन बबी
चर्चित अभिनेत्री परबीन बबीको सन् २००५ मा आफ्नै फ्ल्याटमा रहस्यमय ढंगबाट शव भेटियो । उनी नशालू पर्दाथको सेवन गर्थिन् । तीन दिनदेखि उनको कोठा बाहिर फालिएका अखबार तथा दुधका प्याकेट टिप्न कोही नखाएपछि छिमेकीहरुले प्रहरीलाई खबर गरे । ढोका फोडेर हेर्दा कोठाभित्र परबीन मृत अवस्थामा थिइन् ।

सिल्क स्मिता
दक्षिण भारतीय फिल्मकी अभिनेत्री तथा गायिका सिल्क स्मिताको लाश ३ सेप्टेम्बर १९९६ मा उनकै घरमा भेटिएको थियो । उनी पंखामा झुन्डिएको अवस्थामा थिइन् । प्रहरीले यस घटनालाई आत्महत्या ठहर गरेको थियो । तर थुप्रै व्यक्तिले उनको मृत्युको कारण अन्य हुनसक्ने बताएका छन् ।

नफीसा जोेसेफ
टेलिभिजन मोडल तथा अभिनेत्री नफीसा जोसेफको मृत्यु पनि रहस्यमय छ । सन् १९९७ मा मिस इन्डिया यूनिभर्सको ताज जितेकी नफीसाको सन् २००४ मा निधन भयो । उनी आफ्नो कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

एमटिभीमा एक शो चलाउने गरेका कारण पनि उनी चर्चित थिइन् । उनले बिहे गर्नुभन्दा एक साताअघि मात्रै मृत्युको बाटो रोजेको थिइन् । सञ्चारमाध्यममा उनका भावी पति पहिल्यै विवाहित रहेको र ति व्यक्तिको दुई वर्षअघि मात्रै सम्बन्ध विच्छेद भएको जानकारी पाएपछि स्तब्ध बनेकी २६ वर्षकी नफीसाले आत्महत्याको बाटो रोजेको बताइएको छ । तर खास कारण रहस्यमै छ । उनले हिट चलचित्र तालमा अभिनय समेत गरेकी थिइन् ।

विवेका बाबजी
२००२ मा रिजिल भएको चलचित्र ये कैसी मोहब्बतमा अभिनय गरेकी विवेका बाबजी ३७ वर्षको उमेरमा मुम्बईस्थित आफ्नो कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । उनले आत्महत्याका लागि गरेको यो तेस्रो प्रयास थियो ।


१९९३ मा मिस मोरिशस वल्र्डको उपाधि जितेकी यि मोडलले किन आत्महत्या गरिन् भन्ने विषय अझै रहस्यै छ ।

Logo