कोरोनाबाट एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु

कोरोनाबाट एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु


कोरोना संक्रमणबाट विश्वमा एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । यो मृतककाे संख्या ३ ममिहनायता कै धेरै संख्या हाे । यसअघि विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो । उक्त दिन आठ हजार ५१४ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

हिजो सबैभन्दा धेरै अमेरिकामा १०३७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५३०, फ्रान्समा ५२३ र भारतमा ५१९ जनाको मृत्यु भएको छ । हिजो विश्वभर चार लाख ५७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिका र युरोपियन देशमा संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

अघिल्लो साताभन्दा युरोपमा ४० प्रतिशतले संक्रमितको संख्या बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ । खासगरी फ्रान्स, स्पेन, बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन् ।

Logo