साताभर नेप्से २५ अंकले घट्यो

साताभर नेप्से २५ अंकले घट्यो


केन्द्रबिन्दु संवाददाता । २ असार २०७४, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) पसिुचक यो साताभर २५ अंकले घटेको छ । वित्तीय प्रणालीको वढ्दो व्याजदर र राजनीतिक अस्थिरताका कारण सेयर बजार परिसूचक उच्च अंकले घटेको हो ।

यो साताको सुरुवातीमा दोहोरो अंकले घटेको नेप्से परिसूचकमा पछिल्ला २ दिनमा सामान्य सुधार आएको थियो । दोस्रो चरणको स्थानीय निर्वाचन हुने नहुनेमा दुविधाले सेयर बजार प्रभावीत देखियो । साथै निर्वाचन विथोल्न तराइका केही राजनीतिक पर्टिले अन्दोलनको कार्यक्रमसमेत घोषण गरेपछि सेयर लगानीकर्ताको मनोवल कमजोर भएको हो । साथै वित्तीय क्षेत्रमा देखिएको कर्जा योग्य पुँजीको अभावका कारण वढेको व्यजादरले सेयर बजारलाई असर गरेको हो । वित्तीय प्रणालीको व्याजदर वढ्दा सेयर बजार घट्छ । बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा प्रबाह पनि सहज नभएको हुदाँ सेयर नकरात्मक भएको हो ।

यो साता नेप्सेमा कारोबार भएका अधिकांस कम्पनीको सेयर मूल्य घटेको छ । अधिकासं कम्पनीको सेयर मुल्य घटेपछि समग्र नेप्से घटेको हो । यो साताको पहिलो दिन आइतबार कारोबार हुँदा १६१५१९ अंकमा रहको नेप्से परिसूचक साताभर २५.६ अंकले घटेर १५८९.५९ अंकमा झरेको छ । नेप्से परिसूचक संगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स ५.५१ अंकले घटेको छ ।

यो साता नेप्सेमा कारोबार भएका सम्पुर्ण समूहगत परिसूचक घटेका छन् । यो साता बैंकिङ २२.५५, विकास बैंक २२.६२, वित्त ७.५१, जलविद्युत ४६.५२, बिमा १७४.१९, उत्पादन मूलक २२.०३ र अन्य समूह १५.३३ अंकले घटेका छन् । तर, होटल समूह मात्र १०.२९ अंकले वढेको छ । यो साता नेप्सेमा व्यापार समूहको कारोबार भपनि कुनै परिवर्तन हुन सकेन ।

यो साता नेप्सेमा १६१ कम्पनीहरुको ३० हजार ६ सय ४७ कारोबारबाट दुई अर्ब ९६ करोड २५ लाख २२ हजार रुपैयाँ बराबरको ४९ लाख आठ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम गत साताको तुलनामा ११.५९ प्रतिशत थोरै हो । गत साता नेप्सेमा १५९ कम्पनीको ३४ हजार २ सय ७४ कारोबारबाट तीन अर्ब ३५ करोड सात लाख ११ हजार रुपैयाँ बराबरको ५९ लाख ४३ हजार १० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो ।

यो साता स्ट्याण्डर्ड चार्टर्ड बैंकको धेरै कारोबार रकम र धेरै पटक सेयर किनबेच भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ ‘इक्वीटी ओरिएन्टेड स्कीम’ अग्रस्थानमा रहेको छ । यस साता नेप्सेमा पाँच दिन सेयर कारोबार भएको छ । यो साता पनि संस्थागत तथा सरकारी ऋणपत्रहरुको कारोबार भएन ।

यो साता ८ कम्पनीको नेप्सेमा ३ अर्ब ११ करोड ११ लाख ६५ हजार ७ सय रुपैयाँ बरावरको ३ करोड ११ लाख हजार ६ सय ५७ कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ ।

साताको सूचीकरण
सि.नं.  कम्पनीको नाम                         सूचिकृत धितोपत्रको किसिम          सूचीकृत धितोपत्र संख्या
१        डिप्रोक्स लघुवित्त विकास बैंक लि.    वोनस                                     902733.45    कित्ता
२       कृषि विकास बैंक लि.                  वोनस                                      11812800 कित्ता
३       सगरमाथा फाइनान्स लि.                हकप्रद                                     2954389 कित्ता
४        सगरमाथा फाइनान्स लि.              वोनस                                       1216469 कित्ता
५        इन्नोभेटिभ डेभलपमेन्ट बैंक लि.       वोनस                                      631837.5 कित्ता
६      सेञ्चुरी कमर्सियल बैंक लि.             वोनस                                       3689000.20 कित्ता
७     माउण्ट मकालु डेभलपमेन्ट बैंक लि.   वोनस                                         41600 कित्ता
८     ग्लोवल आइएमइ बैंक लि.               वोनस                                       9862828.06 कित्ता

Logo