प्रधानमन्त्री ओलीद्वारा निर्माणाधिन प्रधानमन्त्री कार्यालय र धरहरा निरीक्षण

प्रधानमन्त्री ओलीद्वारा निर्माणाधिन प्रधानमन्त्री कार्यालय र धरहरा निरीक्षण


प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् ।  

बिहिबार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको अवलोकन गरेका हुन् । भूकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको पुनर्निर्माण भइरहेको छ ।  

सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए। सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटन गर्ने ज्ञवालीले जानकारी दिए । धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको ज्ञवालीले बताए।

धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको र बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिना भित्रै सम्पन्न गर्ने गरी काम अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । 

Logo