‘काङ्ग्रेस र कम्युनिष्टसँग जनता वाक्क दिक्क भइसके’ : कमल थापा

‘काङ्ग्रेस र कम्युनिष्टसँग जनता वाक्क दिक्क भइसके’ : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् ।  

संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए । आज हेटौंडा ५ मा पार्टीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्बधर्म समभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार ब्यक्त गर्दै धार्मिक द्वन्द्व चर्केर जाने खतराप्रति चिन्ता प्रकट गरे।

थापाले निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले विकास र समृद्धिको सपनालाई २०६२/६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा  चकनाचुर पारेको उनको टिप्पणी थियो ।  

कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नबराज बिष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए ।

Logo